साप्ताहिक संवाददाता
थ्रीडी हेड भर्चुअल डिस्प्ले
सन् २०१४ मा अक्युलर कम्पनीको भर्चुअल रियालिटी हेडसेटले निकै चर्चा पाएको थियो । यसको सहयोगले थ्रीडी भिडियो गेम खेल्न सकिन्छ, जसका कारण खेलाडी स्वयंले आफू भिडियोभित्र भएको अनुभव गर्न सक्छ । सिईएस २०१५ मा अक्युलसको नयाँ प्रतिद्वन्द्वीका रूपमा माइनक्राफ्ले बनाएको हेलमेटजस्तो देखिने हेडसेट प्रदर्शन गरियो, जसमा ७ इन्चको ग्लास फ्री स्क्रिन छ ।
सोनी स्मार्ट वाकमेन
सोनीको नयाँ आइकनिक वाकम्ोनमा एउटा हाइ डिफिनिसन अडियो प्लेयर छ । स्मार्टफोनमा गीत सुन्नेहरूलाई यसले आकषिर्त गर्ने कम्पनीको दाबी छ । सन् १९७९ मा विश्वमै पहिलो वाकमेन निर्माण गर्ने सोनीको यो वाकम्यानमा १० हजार गीत सेभ गर्न सकिन्छ । यसमा १ सय २८ जीबीको स्टोरेज क्षमता छ भने ६० घन्टाको ब्याट्री ब्याकअप छ ।
एसयुएचडी कभ्र्ड टिभी
सामसुङले पहिलो एसयुएचडी कभ्र्ड टिभी लन्च गरेको छ, जसले एलजीको एसयुएचडी टिभीसँग टक्कर लिने अनुमान छ । कम्पनीले तीन मोडलमा निर्माण गरेका यी टिभी ४८ देखि ८८ इन्चसम्मका छन् । यसमा थ्रीडीको पनि मज्जा लिन सकिन्छ ।
सिगेट सेभेन
सिगेट कम्पनीले संसारकै सर्वाधिक पातलो हार्डडिस्क तयार पारेको छ । मेलामा वायरलेस मोबाइल स्टोरेज, सिगेट सेभेन तथा पर्सनल क्लाउड गरी तीन नयाँ पोर्टेबल हार्डडिस्क लन्च गरिएकोमा सिगेट सेभेन सर्वाधिक पातलो छ । यसमा ५ सय जीबी स्टोरेज क्षमता छ । यसमा वाइफाई कनेक्टिभिटी हुनुका साथै यो आईओएस तथा म्याक डिभाइससँग पनि कनेक्ट हुन्छ । यसलाई तीनवटा मोबाइल डिभाइसमा एकैपटक कनेक्ट गर्न सकिन्छ ।
इन्टेल क्युरी
इन्टेलले ज्याकेटको बटन आकारको नयाँ कम्प्युटर प्रोसेसर 'क्युरी' लन्च गरेको छ । यो प्रोसेसर वेरेबल ग्याजेट बनाउने कम्पनीहरूका लागि उपयुक्त हुन्छ । यसलाई बटन आकारको कम्प्युटर पनि भन्न सकिन्छ । यसलाई सिस्टम अन चिप पनि भनिन्छ ।
स्मार्टफोन आइएम फाइभ
कोडाक कम्पनी पनि स्मार्टफोन बजारमा प्रवेश गरेको छ । पहिले क्यामेराको रिल निर्माण गर्ने भएर होला, कम्पनीले निर्माण गरेको स्मार्टफोन पनि क्यामेरामै केन्दि्रत छ । कोडाकले यो फोनले सर्वाधिक राम्रो तस्बिर खिच्ने स्मार्टफोनका रूपमा पहिचान कायम गर्ने दाबी छ । यो फोन आगामी तीन महिनाभित्रै बजारमा उपलब्ध हुने बताइएको छ ।
महँगो स्मार्टफोन
ल्याम्बोर्घिनीले ३ लाख ७० हजार पर्ने स्मार्टफोन लसभेगास प्रदर्शनीमा उतार्यो । टोनिनो ८८ टावरी नाम दिइएको उक्त स्मार्टफोनको बडी स्टेनलेस स्टिल तथा लेदरबाट बनेको छ । यसमा ५ इन्चको एचडी डिस्प्ले, ३ जिबी र्याम, एन्ड्रोइड ओएसका साथै २० मेगापिक्सेलको रियर तथा ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ ।
क्षमतावान स्मार्टफोन
सेजस वी स्क्वायर स्मार्टफोनमा ३ सय २० जिबीसम्म डाटा सेभ गर्न सकिन्छ । यद्यपि यसको इन्टरनल मेमोरी ६४ जिबी मात्र छ, तर यसमा १ सय २८ जिबीका दुईवटा माइक्रो एसडी कार्ड स्लट गर्न सकिन्छ । यो स्मार्टफोनमा ५ इन्चको फुल एचडी डिस्प्ले, २ दशमलव ५ गिगाहर्ज क्वाडकोर क्वालकम प्रोसेसर, ३ जीबी र्याम, २१ मेगापिक्सेलको रियर तथा १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ ।
स्मार्टफोनभन्दा पातलो टिभी
लसभेगास मेलामा सोनीले एन्ड्रोइडमा आधारित सर्वाधिक पातलो टिभी प्रदर्शन गर्यो । उक्त टिभी ४ दशमलव ९ मिलिमिटर पातलो छ । यो सोनीको ब्राभिया फोर सिरिजको एलसिडी टिभी हो । यसको ९००० सी सिरिज प्रदर्शन गरियो, जून ५५ तथा ६५ इन्चको मोडलमा उपलब्ध छ । यी सबैमा नयाँ फोर के प्रोसेसर एक्स वान छन् । यसमा गुगल प्ले पनि चलाउन सकिन्छ । त्यसैगरी यसलाई गेमिङका सौखिनहरूले पनि रुचाउन सक्छन् ।
एरी टुको स्पिकर
यो स्पिकरलाई सीईएस २०१५ को सर्वाधिक आकर्षक ग्याजेटका रूपमा लिइएको छ । यसले हावामा उडेर आफ्नो काम सम्पन्न गर्छ । उच्च गुणस्तरीय साउन्ड क्वालिटी भएको यो स्पिकरमा म्याग्नेटिक पावर जडान गरिएको छ । त्यसमा एउटा फ्लोटिङ स्पिकर तथा अर्को माइक छ, जसले कन्फ्रेन्स कल, कनेक्टिभिटी पोर्ट तथा चार्जिङ स्लटका रूपमा कार्य गर्छ ।
क्यान इन्फोटेक माघमै
सूचना तथा सञ्चार प्रविधिसम्बद्ध वर्षकै सबैभन्दा ठूलो मेला क्यान इन्फोटेक माघ १४ देखि १९ गतेसम्म हुने भएको छ । क्यान इन्फोटेकको यो २१ औं संस्करण हो । गत साता मात्र महासंघका रूपमा दर्ता भएको क्यानले महासंघ भैसकेपछि पहिलो इन्फोटेक आयोजना गर्न लागेको हो ।
'यसपटकको मेला विगतका सूचना तथा सञ्चार प्रविधि मेलाभन्दा फरक हुनेछ,' क्यान महासंघका अध्यक्ष विनोद ढकालले साप्ताहिकसँग भने- 'विगत २ दशकको अनुभव तथा महासंघ भएपछिको पहिलो इन्फोटेक भएकाले यसलाई विशेष रूपमा आयोजना गर्ने तयारीमा छौं ।'
यो महोत्सवका क्रममा पछिल्लो पुस्ताका प्रविधि एवं उपकरण सार्वजनिक हुनुका साथै नेपालमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरतहरूका पछिल्ला विकासक्रम एवं उपलब्धिलाई पनि खुलासा गर्नेछ । क्यान इन्फोटेककै क्रममा आयोजना हुने अन्तर्राष्ट्रियस्तरको सूचना प्रविधि सम्मेलनमा राष्ट्रिय अन्तर्राष्ट्रिय सूचना प्रविधि विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् ।
प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सञ्चालन हुने क्यान इन्फोटेकमा विश्व बजारमा देखिएका सबै किसिमका प्रविधिका नवीनतम उपलब्धि देखापर्ने क्यान महासंघका अध्यक्ष ढकालले बताए । सामसुङ, कर्लस, हुवावे, प्यानासोनिक आदि मोबाइल फोनले मेलामा आफूलाई ब्रान्डिङ गर्ने कार्यक्रम ल्याउँदैछन् ।
यसबाहेक ल्यापटप एवं नोटबुकका विश्वप्रसिद्ध ब्रान्डहरू, नेपाली इन्टरनेट सेवा प्रदायकका विशेष स्किमहरू महोत्सवमा सार्वजनिक हुनेछन् । क्यान इन्फोटेकमा मुख्य प्रदर्शनी हलभित्र ४९ वटा, हलबाहिर ३ वटा ब्रान्डिङ प्रदर्शनी कक्ष रहनेछन् । ट्रसमा १ सय ४४, ओपन स्पेसमा १४, फुड स्टल ९ गरी जम्मा २ सय १९ वटा स्टल हुनेछन् । उक्त अवसरमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसरिज, डिलर र डिस्टि्रब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी कलेज, टे्रनिङ इन्स्िटच्युट्स, सफ्टवेयर सलुसन्स, पेमेन्ट सलुसन्ससम्बद्ध स्टलहरू पनि रहनेछन् । यो वर्ष ४ लाख ५० हजार दर्शकलाई मेला अवलोकन गराउने लक्ष्य राखेको क्यानले सर्वसाधारणका निम्ति प्रवेश शुल्क १ सय ५० रुपैयाँ तथा विद्यार्थीलाई ७५ रुपैयाँ तोकेको छ ।