ग्रामीण भेगमा दूरसञ्चार सेवा विस्तार गर्न स्थापना गरिएको ग्रामीण दूरसञ्चार कोषमा सेवाप्रदायकहरूले आफ्नो वाषिर्क आम्दानीको २ प्रतिशत जम्मा गर्दै आएका छन्, उक्त कोषमा १० अर्बभन्दा बढी रकम जम्मा भैसकेको छ । यद्यपि उक्त रकम उपयोगमा नआउँदा अधिकांश गाउँ इन्टरनेट सेवाको पहुँचबाहिर छन् । ग्ा्रामीण भेगमा टावर, अप्टिकल फाइवर आदि पूर्वाधार विस्तारमा उपयुक्त कार्ययोजनाको अभावका कारण कतिपय गाउँ इन्टरनेटविहीन छन् । गाउँ-गाउँसम्म ब्ा्रोडब्यान्ड इन्टरनेट पुर्याउने कुरा पटक-पटक उठे पनि अप्टिकल फाइवरलगायतका पूर्वाधारमा यथेस्ट लगानी नहुँदा अधिकांश गाउँ इन्टरनेटको पहुँचबाहिरै रहेका हुन् ।
नेपाल टेलिकमसँग मिलेर ग्रामीण भेगमा पूर्वाधार विस्तार गर्न कार्यविधि नै बनिसकेको छ तर कार्यान्वयन हुन नसक्दा इन्टरनेट सेवाले पर्याप्त विस्तार पाउन सकेको छैन । यतिबेलाको प्रविधि टुजी, थ्रीजी हुँदै फोरजीतर्फ बढेको छ, तर दूरसञ्चार सेवामा आवश्यक सुधार हुन नसक्दा समस्या भने बढिरहेको छ । ऊर्जा अभावका कारण गुणस्तरीय सेवा दिन नसकेको बताउने टेलिकमलाई बढी ऊर्जा खपत गर्ने उपकरणलाई कम ऊर्जाले चल्ने उपकरणमार्फत विस्थापित गर्नुपर्ने चुनौती छ ।
यस्तै निजी सेवाप्रदायकहरूसमेत नाफामुखी हुँदै सहर केन्दि्रत भएकाले ग्रामीण भेग इन्टरनेटको पहुँचबाट टाढिनुपरेको हो । दूरसञ्चार प्राधिकरणले पनि निजी सेवाप्रदायकहरूमाथि लगाम लगाउन सकेको छैन । त्यस्ता कम्पनीहरूमा प्रभावकारी अनुगमन भएको देखिँदैन भने कारबाही पक्ष पनि फितलो छ । प्राधिकरणले निजी सेवा प्रदायकलाई प्रतिस्पर्धी बनाउन तथा गाउँ-गाउँमा सेवा विस्तारका लागि प्रोत्साहन गर्न सकेको छैन । ६ वर्षअघि पारित ब्रोडब्यान्ड नीतिअन्तर्गत त्यसपछिका ४ वर्षमै गाउँ-गाउँमा इन्टरनेट विस्तार गर्ने प्रतिबद्धता सरकारले सार्वजनिक गरेको थियो । उक्त प्रतिबद्धता अहिलेसम्म पनि प्रभावकारी हुन सकेको छैन । अप्टिकल फाइबर, टावरजस्ता पूर्वाधार विस्तारलाई प्राथमिकता दिई दीर्घकालीन योजना बनाएर गाउँ-गाउँसम्म इन्टरनेटको सुविधा पुर्याउन सक्ने हो भने ई-एजुकेजसन, ई-एगि्रकल्चर, ई-गोभरनेन्स, ई-मेडिसिनजस्ता सेवा सुविधाबाट गाउँलेहरूले पर्याप्त फाइदा लिन सक्ने थिए भने मुलुकले पनि त्यसबाट लाभ प्राप्त गर्ने थियो ।
गुगल स्टि्रट भ्युमा सगरमाथा
सगरमाथा कठिन लक्ष्य हो, तर अब सगरमाथा नचढ्नेले पनि सगरमाथामा पुगेको अनुभव गर्न सक्नेछन् । गुगलले खुम्बु क्षेत्रलाई गुगल स्टि्रट भ्युमा समावेश गरेपछि अब गुगल स्टि्रट भ्युमार्फत सगरमाथासहित यो क्षेत्रका विभिन्न स्थानको भर्चुअल भ्रमण गर्न सकिने भएको छ । गुगल स्टि्रट भ्युमा खुम्बु क्षेत्रको लुक्ला, नाम्चे बजार, थामे, खुम्जुङ, फोर्चे आदि क्षेत्र तथा त्यहाँका विभिन्न सम्पदा समेटिएको छ । खुम्बु क्षेत्रलाई गुगल स्टि्रट भ्युमा राख्न स्टोरी साइकलको १३ जनाको समूहले १० दिने पैदल यात्रा गरेको थियो । उनीहरूले १० दिनमा ५ वटा गाउँबाट १ हजारभन्दा बढी डाटा प्वाइन्ट्स लिएका थिए । स्टोरी साइकलले खुम्बु क्षेत्रका विभिन्न रोचक कुरालाई जनसमक्ष ल्याउने कार्य गरिरहेको छ ।
पछिल्लो समयमा गुगल स्टि्रट भ्युले निकै चर्चा पाइरहेको छ । गुगलले यो सेवा सन् २००७ मा प्रारम्भ गरेको हो । गुगल म्याप र गुगल अर्थमार्फत प्रविधिको प्रयोग गरी गुगलले विश्वका विभिन्न क्षेत्रको प्यानोरामिक भ्यूसहितको नक्सा राख्छ । तीमध्ये धेरैजसो तस्बिर गाडी चढेर खिचिएका छन् भने कतिपय तस्बिर ट्रेकरहरूले हिडेर तथा विभिन्न क्यामेल, ट्राइसाइकल र पानीमुनी चल्ने साधनको सहयोगले समेत खिचेका छन् । खासगरी बढी तस्बिर सडकसँग सम्बन्धित हुने र सडकमा भैरहेका दृश्यलाई कैद गरिएकाले यसलाई स्टि्रट भ्यू नामाकरण गरिएको हो ।
पोर्टेबल मोबाइल चार्जर
लोडसेडिङका कारण मोबाइल फोन, आइप्याड र ट्याब्लेटजस्ता उपकरण रिचार्ज गर्न समस्या भएका ग्राहकका लागि भारतीय कम्पनी रिचार्ज प्लसका उपकरण निकै उपयोगी हुन सक्छन् । नेपालमा मर्केन्डाइज रुटले उपलब्ध गराउने यी उपकरणलाई पावर बैंक वा पोर्टेबल मोबाइल चार्जरका रूपमा प्रयोग गर्न सकिन्छ । यो उपकरणलाई बत्ती उपलब्ध भएको समयमा रिचार्ज गरेर राखिन्छ र बत्ती नभएको समयमा विभिन्न डिभाइस जोडेर रिचार्ज गर्न सकिन्छ । बोकेर विभिन्न स्थानमा लान सकिने भएकाले यी निकै उपयोगी छन् । एक प्रकारले यी उपकरणले ब्याट्रीको पावर बैंकका रूपमा कार्य गर्छन् । नेपालमा २२ सय, २६ सय, ४४ सय, ५२ सय आदि क्षमताका पोर्टेबल मोबाइल चार्जर उपलब्ध छन् ।
नेपालमा आर्कका मोबाइल
गोल्छा अर्गनाइजेसनको हिम इलेक्ट्रोनिक्सले आर्क ब्रान्डका विभिन्न स्मार्टफोन नेपाली बजारमा उपलब्ध गराएको छ । नेपाली स्मार्टफोनका रूपमा आएको आर्क मोबाइलले तीनवटा वर्गलाई लक्षित गरेको बताइन्छ । प्रिमियममा आर्क एज् ए फाइभ छ । ५ इन्चको स्क्रिन रहेको यो मोडलमा १३ मेगापिक्सेलको फ्लाससहितको रियर क्यामेरा तथा ३ मेगापिक्चेलको फ्रन्ट क्यामेरा छ । १ दशमलव ३ गिगाहर्ज क्वाडकोर प्रोसेसरको यो सेटमा १ जिबी र्याम र ८ जीबी रोम छ । मध्यमवर्गलाई लक्षित आर्क आइकन आर फोट्टीफाइभ तथा फोट्टी प्लस मोबाइलको स्क्रिन ४ दशमलव ५ र ४ इन्च छ । यसमा ५ मेगापिक्सेल रियर तथा १ दशमलव ३ मेगापिक्सेल फ्रन्ट क्यामेरा छ । १ दशमलव ३ गिगाहर्ज क्वाडकोर प्रोसेसर रहेको यो मोबाइलमा ५ सय १२ र्याम र ४ जीबी रोम छ ।
आर्क स्ट्रोमलाई कम बजेट भएकाहरूप्रति लक्षित गरिएको छ । आर्क स्ट्रोममा के फोट्टी र के थर्टिफाइभ प्लस छन् । क्रमश: ४ र ३ दशमलब ५ इन्च स्क्रिनको यो सेटमा ३ मेगापिक्सेलको रियर तथा १ दशमलव ३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । यो सेटमा १ गिगाहर्जको ड्युएल कोर प्रोसेसर छ ।