साप्ताहिक संवाददाता
निर्देशक : प्रनब जोशी
निर्माता : माधव वाग्ले
संगीत : कालीप्रसाद बाँस्कोटा
कलाकार : विनय श्रेष्ठ, कामेश्वर चौरसिया, कर्म, मेनुका प्रधान आदि ।
प्रदर्शन मिति : वैशाख ११ गते
हास्य र दु: खलाई मिश्रण गरी निर्मित यो चलचित्रको गीत पिरतिको छाता सर्वाधिक चर्चित भएकाले रेशम फिलिलीले राम्रो 'ओपनिङ' गर्ने आशा गरिएको छ ।
अधकट्टी
निर्देशक : सुव्रत आचार्य
निर्माता : प्रदीपकुमार उदय
संगीत : राजन इशान
कलाकार : गौरव पहारी, विल्सनविक्रम राई, रिश्ता बस्नेत, अशिष्मा नकर्मी, प्रदिप बास्तोला आदि ।
प्रदर्शन मिति : जेठ ८ गते
यो चलचित्र तीन जना युवाको हास्यास्पद क्रियाकलापमा आधारित छ । सहजै पैसा कमाउने बाटो रोज्दा उत्पन्न हुने अवस्था चलचित्रमा चित्रण गरिएको छ ।
वडा नम्बर-६
निर्देशक : उज्ज्वल घिमिरे
निर्माता : दीपकराज गिरी/दीपाश्री निरौला
संगीत : विविध
कलाकार : दीपकराज गिरी, दयाहाङ् राई, पि्रयंका कार्की, जितु नेपाल, केदार घिमिरे, सीताराम कट्टेल आदि ।
प्रदर्शन मिति : असोज १ गते
दीपकराज गिरी र दीपाश्रीले संयुक्त रूपमा निर्माण गरेको चलचित्र '६ एकान ६'ले सफलता पाएपछि निर्माण गरेको अर्को हास्यप्रधान चलचित्र 'वडा नम्बर-६' मा यसपटक दयाहाङ् राई तथा पि्रयंका कार्की थपिएका छन् ।
होस्टल रिटर्नस्
निर्देशक : सुरज भुषाल
निर्माता : सुनिल रावल
संगीत : स्वप्निल शर्मा
कलाकार : सुशील श्रेष्ठ, सुशील सिटौला, शशी श्रेष्ठ, अभय बराल आदि ।
प्रदर्शन मिति : वैशाख २५ गते
यसअघि निर्माता सुनिल रावलले निर्देशक हेमराज बिसीको निर्देशनमा तयार पारेको चलचित्र 'होस्टेल'ले सफलता पाएपछि त्यसकै 'सिक्वेल'का रूपमा यो चलचित्र निर्माण गरिएको हो ।
चंखे शंखे पंखे
निर्देशक : सुदर्शन थापा
निर्माता : सन्तोष सेन ठकुरी
संगीत : ताराप्रकाश लिम्बू
कलाकार : सुदर्शन थापा, सुवास थापा, पूजा शर्मा, प्रेम पुरी, प्रमोद अग्रहरी आदि ।
प्रदर्शन मिति : जेठ १ गते
जीवनबाट निराश तीन युवकले बेग्लै शैलीमा आत्महत्याको बाटो रोज्ने कथामा राष्ट्रप्रेमसहित हास्य, द्वन्द्व एवं प्रेम समेटेर निर्माण गरिएको यो चलचित्रमा निर्देशक थापा आफै नायक छन् ।
हाउ फन्नी
निर्देशक : निलु डोमा शेर्पा
निर्माता : माल्भिका सुब्बा
संगीत : सुरेश अधिकारी
कलाकार : दयाहाङ् राई, पि्रयंका कार्की, केकी अधिकारी, अनुपविक्रम शाही आदि ।
प्रदर्शन मिति : जेठ १५ गते
जासुसी कथामा हास्य मिश्रण गरेर निर्माण गरिएको यो चलचित्रकी निर्मात्री २००२ की मिस नेपाल माल्भिका सुब्बा भएकाले पनि 'हाउ फन्नी'प्रति दर्शकको चासो बढेको छ ।
रातो घर
निर्देशक : सुरज सुब्बा 'नाल्बो'
निर्माता : निकेश लिम्बू
कलाकार : विल्सनविक्रम राई, गौरव पहारी, संयम पुरी, मेनुका प्रधान, माला लिम्बू, अनुराग कुँवर आदि ।
प्रदर्शन मिति : तय नभएको
पूर्वी नेपालमा मौलाइरहेको अपराधको सञ्जालमा आधारित यो चलचित्रमा कलाकार विल्सनविक्रम राईको समेत लगानी छ ।
फन्को
निर्देशक : सुवर्ण थापा
निर्माता : नरेन्द्र महर्जन, सहदेव गौतम, पदम गुरुङ
संगीत : चेतन सापकोटा
कलाकार : दयाहाङ राई, सौगात मल्ल, पि्रयंका कार्की, केकी अधिकारी आदि ।
प्रदर्शन मिति : तय नभएको
राजमार्गमा हुने तस्करी एवं अपहरणजस्ता अपराधलाई मुख्य विषय बनाइएको यो चलचित्रमा गायिका इन्दिरा जोशीले आइटम डान्स गरेकी छिन् ।
भाग सानी भाग
निर्देशक : नवल नेपाल
निर्माता : चेतन सापकोटा
संगीत : चेतन सापकोटा
कलाकार : सविन श्रेष्ठ, केकी अधिकारी, नीर शाह आदि ।
प्रदर्शन मिति : तय नभएको
रमाइलो प्रेमकथामा आधारित यो चलचित्रमार्फत संगीतकार चेतन सापकोटा निर्माता बन्दैछन् ।
कबड्डी कबड्डी
निर्देशक : रामबाबु गुरुङ
निर्माता : निश्चल बस्नेत
संगीत : रोहित शाक्य
कलाकार : दयाहाङ् राई, सौगात मल्ल, रिश्मा गुरुङ्, विजय बराल आदि ।
प्रदर्शन मिति : तय नभएको
वर्ष ०७१ मा 'कबड्डी' हिट भएपछि हौसिएको समूहले निर्माण गरेको त्यसको सिक्वेल पनि रोचक हुने विश्वास लिइएको छ ।
फागु
निर्देशक : सम्झना उप्रेती रौनियार
निर्माता : करिश्मा मानन्धर
संगीत : वसन्त सापकोटा
कलाकार : राजेश हमाल, करिश्मा मानन्धर, शिल्पा पोखरेल, गौरी मल्ल आदि ।
प्रदर्शन मिति : भदौ २५ गते
तराईको वातावरणमा हुर्किएको एउटा प्रेमकथा नै यो चलचित्रको मुख्य विषय हो ।
चकलेट
निर्देशक : निर्मल शर्मा
निर्माता : पुजना प्रधान
संगीत : अर्जुन पोखरेल, शिखर सन्तोष, रायन कार्की
कलाकार : पुजना प्रधान, आयुष्मान घिमिरे, केशव भट्टराई आदि ।
प्रदर्शन मिति : तय नभएको
कलाकार निर्मल शर्मा 'गैंडा' को निर्देशनमा निर्माण भएको सडक बालबालिकाको पीडामा आधारित यो चलचित्रमा नायिका पुजना प्रधान पनि सडक बालिका
बनेकी छिन् ।
भैरव
निर्देशक : निखिल उप्रेती
निर्माता : निखिल उप्रेती
संगीत : सुरेश अधिकारी
कलाकार : निखिल उप्रेती, मुरलीधर, अनु शाह आदि ।
प्रदर्शन मिति : जेठ २२ गते
दक्षिण भारतीय शैलीमा निर्माण भएको एक्सनप्रधान यो चलचित्रबाट केही समय भारत पलायन भएका नायक निखिल उप्रेतीको पुनरागमन हुने विश्वास लिइएको छ ।
छायाँ
निर्देशक : मनोज पण्डित
निर्माता : इन्ट्याक मिडिया
संगीत : कालीप्रसाद बासकोटा
कलाकार : अनुप बराल, साइव्रत आचार्य, अरुणा कार्की आदि ।
प्रदर्शन मिति : तय नभएको
यौन अपराधका कारण बाल मनोविज्ञानमा पर्ने प्रभावका विषयमा गहन अध्ययनपछि तयार पारिएको यो चलचित्र यथार्थपरक छ ।
फूलैफूलको मौसम तिमीलाई
निर्देशक : दिनेश डिसी
निर्माता : दिनेश डिसी
संगीत : शम्भुजित बाँस्कोटा
कलाकार : नीता ढुंगाना, आमेश भण्डारी आदि ।
प्रदर्शन मिति : तय नभएको
निर्देशक दिनेश डिसीले आफ्नै ब्यानरमा निर्माण गरेको यो चलचित्रमा एक युवा जोडीको प्रेमकथा समेटिएको छ ।
लभ सब
निर्देशक : देवकुमार श्रेष्ठ
निर्माता : सुशील पोखरेल
संगीत : सुजिल कर्माचार्य
कलाकार : संयम पुरी, सलोन बस्नेत, करिश्मा श्रेष्ठ आदि ।
प्रदर्शन मिति : साउन १५ गते
त्रिकोणात्मक प्रेमकथा बुनिएको यो चलचित्रमा दोस्रो पुस्ताका कलाकारहरूको बाहुल्यता छ ।
सुश्री
निर्देशक : शिवम अधिकारी
निर्माता : आत्माराम थापा
संगीत : वसन्त सापकोटा
कलाकार : आर्यन सिग्देल, आशिका तामाङ आदि ।
प्रदर्शन मिति : तय नभएको
यो चलचित्रमा प्रेमका परेकी एउटी युवतीले आफूलाई मन परेको युवकलाई भगाउने रमाइलो कथा उनिएको छ ।
बाटो मुनिको फूल-टु
निर्देशक : सुवर्ण थापा
निर्माता : यशकुमार
संगीत : यश कुमार
कलाकार : यशकुमार, बाबु बोगटी, दिलिप रायमाझी, अशिष्मा नकर्मी, ऋचा शर्मा आदि ।
प्रदर्शन मिति : तय नभएको
यो चलचित्र सफल चलचित्र 'बाटोमुनिको फुल'को सिक्वेलका रूपमा तयार पारिएको हो ।
लुटेरा
निर्देशक : दयाराम दाहाल
निर्माता : गोपाल कायस्थ
संगीत : वसन्त सापकोटा
कलाकार : निखिल उप्रेती, निशा अधिकारी, सविन श्रेष्ठ, हषिर्का श्रेष्ठ आदि ।
प्रदर्शन मिति : भदौ ११ गते
निखिल उप्रेतीको एक्सनका साथ अर्का नायक सविन श्रेष्ठले पनिअभिनय गरेको यो चलचित्र हाल छायांकनमा छ ।
जन्मभूमि
निर्देशक : मोहन निरौला
निर्माता : अम्बिका गिरी
संगीत : वसन्त सापकोटा
कलाकार : अनु शाह, निश्मा घिमिरे, विनोद श्रेष्ठ, जेबिका कार्की आदि ।
प्रदर्शन मिति : वैशाख १८ गते
राष्ट्रियताको विषयमा ०५२ सालमा निर्देशक मोहन निरौलाले 'जन्मभूमि' शीर्षकमा चलचित्र निर्माण गरेको थिए । जन्मभूमि उक्त चलचित्रकै श्रृंखलाका रूपमा तयार पारिएको हो ।
धुन
निर्देशक : कृष्ण पौडेल
निर्माता : मालती शाह
संगीत : लकी सिटौला
कलाकार : जीवन लुइँटेल, नीता ढुंगाना, मुकेश ढकाल आदि ।
प्रदर्शन मिति : वैशाख १८ गते
धुन त्रिकोणात्मक सांगीतिक प्रेमकथात्मक चलचित्र हो ।
ठमेल डटकम
निर्देशक : राजकुमार शर्मा
निर्माता : गोपीकृष्ण मुभिज
संगीत : वसन्त सापकोटा, अर्जुन पोखरेल
कलाकार : प्रमोद अग्रहरी, नरेन खड्का, अनुपविक्रम शाही, नीता पोखरेल आदि ।
प्रदर्शन मिति : तय नभएको
यो चलचित्र ठमेललाई आधार बनाएर हुने अपराधमा केन्दि्रत छ ।
होमवर्क
निर्देशक : निरक पौडेल
निर्माता : गोपीकृष्ण मुभिज
संगीत : ताराप्रकाश लिम्बू
कलाकार : आर्यन सिग्देल, नम्रता श्रेष्ठ, गौरी मल्ल आदि ।
प्रदर्शन मिति : फुलपाती
नायक आर्यन सिग्देलले युवावस्थादेखि वृद्धसम्मको भूमिका निर्वाह गरेको यो चलचित्रको
निर्देशन निर्माता उद्धव पौडेलका पुत्र निरकले गरेका हुन् ।
राहदानी
निर्देशक : डब्बु क्षेत्री
निर्माता : लक्ष्मीप्रसाद ढकाल
संगीत : विविध
कलाकार : दयाहाङ् राई, अशोक रिजाल, सिर्जना सुब्बा आदि ।
प्रदर्शन मिति : जेठ २९ गते
राहदानी वैदेशिक रोजगारमा गएका मानिसको उतै मृत्यु भएपछि उत्पन्न हुने समस्यामा केन्दि्रत छ ।
नमस्ते नेपाल
निर्देशक : राजु शाह
निर्माता : प्रदीपकुमार उदय
संगीत : वसन्त सापकोटा
कलाकार : सविन श्रेष्ठ, श्याम श्रेष्ठ, एना आदि ।
प्रदर्शन मिति : साउन १ गते
युरोपमा छायांकन गरिएको यो चलचित्रमा युरोपमा बसोबास गरिरहेकी युवती एना नायिकाका रूपमा देखिँदै छिन् ।
धौली
निर्देशक : घनश्याम लामिछाने
निर्माता : शम्भु थापा
संगीत : वसन्त सापकोटा
कलाकार : गजित विष्ट, अनु शाह आदि ।
प्रदर्शन मिति : तय नभएको
यो चलचित्र वर्गसंघर्षमा आधारित छ ।
त्यान्द्रो
निर्देशक : साम्तेन भुटिया
निर्माता : सतिश गौतम
संगीत : आधासुर ब्यान्ड
कलाकार : दयाहाङ राई, रामबाबु गुरुङ, सरस्वती चौधरी आदि ।
प्रदर्शन मिति : तय नभएको
एक माओवादी छापामार घाइते भएर ५६ दिनसम्म पानी मात्र खाएर बाँचेको यथार्थतामा आधारित यो चलचित्र फरक शैलीको छ ।
साइकल
निर्देशक : शिव घिमिरे
निर्माता : राजेन्द्र श्रेष्ठ
संगीत : राजेन्द्र श्रेष्ठ
कलाकार : विकी मल्ल, हषिर्का श्रेष्ठ आदि ।
प्रदर्शन मिति : वैशाख १८ गते
एकपछि अर्को चलचित्रमा 'सो पिस' का रूपमा देखा पर्दै आएकी हषिर्का यो चलचित्रमा भने एकल भूमिकामा देखा पर्छिन् ।