• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. विज्ञान प्रविधि
विज्ञान प्रविधि
ओहो बजार एउटा अनलाइन गन्तव्य
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

एकराज सुवेदी

ओहो बजार एउटा अनलाइन गन्तव्य
असार ४, २०७२
तपाईंसँग हातमा स्मार्टफोन छ, तर पनि अर्को स्मार्टफोनको खोजीमा हुनुहुन्छ ? कि गाडी वा मोटरसाइकल किन्ने विचारमा हुनुहुन्छ ? तपाईंसँग कति बजेट छ ? बजारमा पाइनेभन्दा सस्तो पनि चाहिएको छ कि ? यति मात्र होइन, तपाईंलाई आफूसँग भएका पुरानो सामान पनि बेच्नुपरेको छ ? मूल्य कति राख्नुपर्ला ?

हो, अब स्मार्टफोनमै आफूलाई आवश्यक विभिन्न सामग्रीका बारेमा जानकारी पाइने भएको छ । यस क्रममा आफूसँग भएको सामान बिक्रीका लागि उपलब्ध गराएर फेरि अर्को उपयुक्त मूल्यको सामान पनि खोज्न सकिन्छ ।

वेबसाइट वा अन्य माध्यमबाट यस्ता सामान खोजी गर्ने चलन नेपालमा केही समयअघिदेखि नै प्रचलित थियो, तर अब स्मार्टफोनमा उपलब्ध एप्सबाटै यी सबै कार्य सम्भव भएको छ ।

यसका लागि ओहो बजारको एप्स प्रयोग गर्न सकिन्छ । ओहो बजारले नेपाली उपभोक्तालाई लक्षित गरी ल्याएको यो एप्सले छोटो समयमै निकै चर्चा पाएको छ । ओहो बजारको एप्स गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ । त्यसैगरी फेसबुकको माध्यमबाट पनि यसमा लगइन गर्न सकिन्छ । प्रयोगकर्ताले आफ्नो सामान बिक्रीका लागि राखिसकेपछि यसमा वाचलिस्ट, कमेन्ट, रिप्लाई आदि पनि उपलब्ध हुन्छ । यसैमा विभिन्न व्यक्तिको प्रतिक्रियाको नोटिफिकेसन पनि आइरहन्छ । यसका कारण अन्य ग्राहकको प्रतिक्रिया र यसका बारेमा थप जानकारीसमेत प्राप्त गर्न सकिन्छ । त्यसबाहेक यसमा बिक्रीका लागि राखिने अन्तिम मिति, त्यसका भ्युअरको संख्या, लाइक, रेटिङ आदि सबै जानकारी लिन सकिन्छ ।

यसको भुक्तानी पनि सजिलो छ । ग्राहकले आफ्नो सहजताअनुसार नगद वा ई–सेवामार्फत भुक्तानी गर्न सक्छन् । सामान पनि आफूले भनेको स्थानमै आइपुग्छ । बजार मूल्यभन्दा १५ प्रतिशत वा त्योभन्दा पनि सस्तोमा सामान उपलब्ध हुन्छ ।

सिरान टेक्नोलोजीले निर्माण गरेको यो एप्स हालसम्म ५० हजारभन्दा बढी डाउनलोड भैसकेको छ । यसका प्रयोगकर्ताको संख्या डेढ लाखभन्दा बढी भएको अनुमान गरिएको छ । यसलाई नेपालकै पहिलो क्लासिफाइड मार्केट प्लेसका रूपमा विकास गरिएको सिरान टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत सजत श्रेष्ठ बताउँछन् । ओहो बजारले नि:शुल्क रूपमा जसले पनि आफ्नो सामान बिक्रीका लागि राख्ने वा आफ्ना लागि उपयुक्त सामान खोज्ने थलोका रूपमा लोकप्रियता कमाएको छ । यसमा स्मार्टफोन, इलेक्ट्रोनिक्स सामग्रीदेखि लिएर अटोमोबाइल तथा अन्य विविध सामग्री बिक्रीका लागि राख्न वा उपयुक्त सामान खोज्न सकिन्छ ।

अब सुरक्षित बाइक चढ्न पाइने

अहिले युरोपेली मुलुकहरूमा स्वास्थ्य एवं वातावरणमैत्री बाइक चढ्ने लहर नै चलेको छ । यसै सिलसिलामा लन्डनस्थित एक डिजाइनरले संसारकै सर्वाधिक सुरक्षित तथा भरपर्दो बाइकको विकास गरेको दाबी गरेका छन् । उक्त सुरक्षित बाइकको नाम हो– बाबेल बाइक र यसका विकासकर्ता हुन्– क्रिसपिन सिन्कलेयर ।

उक्त बाबेल बाइकलाई खुट्टाले चलाउन सकिने भए पनि विद्युतीय मोटर जडान गरिएकाले आवश्यकता अनुसार दुवै सुविधाको प्रयोग गर्न सकिन्छ । बाइकमा पछाडि बस्ने सिटलाई सुरक्षित पिंजडा जस्तो बनाइएको छ भने चालकका लागि कारको जस्तो सिटबेल्ट बाँध्ने सुविधाका साथै खुट्टा सुरक्षित गर्ने उपकरण पनि जडान गरिएको छ । उक्त बाइकमा अगाडि–पछाडि संकेत बत्ती, पछाडिको वस्तुस्थित हेर्ने लुकिङ ग्लास तथा हर्नको सुविधासमेत छ । सबै सुविधा भएकाले यो बाइकको मूल्य पनि महँगो नै छ अर्थात ५ हजार १ सय ७० डलर । यो बाइक सन् २०१६ सम्ममा बजारमा आउने अनुमान गरिएको छ ।

यो बाइकको अगाडिको चक्का पछाडिको चक्काको दाँजोमा केही सानो छ । यो बाइकलाई ब्याट्री चार्ज गरेर चलाउने हो भने युरोपमा प्रतिघण्टा २० माइल र अमेरिकामा प्रतिघण्टा १५ माइलको गतिमा गुडाउन सकिन्छ । २ सय ५० वाटको विद्युतीय मोटर जडान गरिएको यो बाइकबाट एक पटकको ब्याट्री चार्जमा न्यूनतम ८० देखि १ सय ३० किलोमिटरसम्म चलाउन सकिन्छ ।

मोबाइल अनलक गर्ने नयाँ विधि

य.दि तपाईंसँग एन्ड्रोइड ललिपप स्मार्टफोन छ भने अब त्यो ‘ओके गुगल’ भन्नेबित्तिकै ‘अनलक’ हुन्छ । गुगलले आफ्नो ट्रस्टेड भ्वाइस स्मार्ट लक फिचर ललिपप ओ एस ग्याजेट्सका लागि जारी गरेको हो । गुगलको स्मार्ट लकको प्रयोगपछि प्याटर्न वा पासवर्ड लक आवश्यक हुनेछैन ।

एन्ड्रोइड ललिपप ओ एस ग्याजेट्समा गुगलको ट्रस्टेड भ्वाइस लक फोनको सेटिङमा यो सुविधा उपलब्ध छ । यहाँबाट यसलाई अन गरिसकेपछि यो फिचरले काम गर्न थाल्छ । यो लक लगाउन प्रयोगकर्ताले आफ्नो स्वरले ‘ओके गुगल’ भनेर बोलाउनुपर्ने हुन्छ, जसलाई चिनेर मोबाइलले सुरक्षित गर्छ । त्यसपछि मोबाइल अनलक गर्दा ‘ओके गुगल’ भन्नुपर्ने हुन्छ ।

गुगलको यो लक फिचर आकर्षक र सुविधाजनक पनि छ, तर यसका केही कमजोरी पनि छन् जसलाई गुगल आफैंले पनि स्वीकार गरेको छ । यो फिचरले प्रयोगकर्ताको आवाज चिनेर काम गर्छ । यसको सबैभन्दा ठूलो कमजोरी के हो भने प्रयोगकर्ताको आवाजको नक्कल गर्नसक्ने कुनै अर्को व्यक्तिले पनि मोबाइल अनलक गर्न सक्छ । त्यसबाहेक कुनै व्यक्तिले प्रयोगकर्ताको स्वर रेकर्ड गरेर मोबाइललाई सुनाउँदा पनि फोन अनलक हुन सक्छ ।

 रामजी बलामी

नेपाली भाषामा युट्युब

भिडियो स्ट्रिमिङ साइटका रूपमा परिचित युट्युब अब नेपाली भाषामा पनि उपलब्ध हुन थालेको छ । यद्यपि यसमा भएका भिडियोहरू भने आफ्नै भाषामा हुनेछन् । अब युट्युब नेपालीसहित ७५ भन्दा बढी भाषामा उपलब्ध छ । युट्युबमा संसारभरबाट प्रतिमिनेट ३ सय घण्टा बराबरको भिडियो अपलोड गरिन्छ । यसभन्दा अघि सन् २०१३ को डिसेम्बरदेखि गुगल ट्रान्सलेट तथा सन् २०१४ को जुलाईदेखि जिमेल नेपाली भाषामा उपलब्ध हुन थालेका थिए ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
विज्ञान प्रविधि
आइसिटी अवार्डको नोमिनेसन सुरु

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोरोना परीक्षण: के हो आरडिटी र पिसिआर ?

समर्पण श्री

वैशाख ८, २०७७

विज्ञान प्रविधि
नेपाली सिनेमाको डिजिटल फड्को

समर्पण श्री

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik