म १३ वर्षीया छात्रा हुँ । स्कुलमा भएका बेला एक्कासि मेरो महिनावारी सुरु भयो । अचानक पेट दुखेर योनिमार्गबाट रगत गएपछि सुरुमा के गर्ने, कसो गर्ने भयो । मसँग प्याड पनि थिएन । म अप्ठ्यारो मान्दै घर आएँ । यस्तो अवस्थामा के गर्नु उपयुक्त हुन्छ ?
एल.
पहिलो पटक महिनावारी हुँदा जो-कोहीलाई पनि यस्तो हुन सक्छ । अधिकांश किशोरीलाई स्कुलमा भएका बेला महिनावारी भएको पाइन्छ । त्यसैले १२-१३ वर्ष पुगेका किशोरीहरूले सजग हुनु आवश्यक छ । एक्कासि स्कुलमा महिनावारी सुरु भए रुमाललाई प्याड बनाउन सकिन्छ । रुमाललाई प्याड बनाउन र प्रयोग गर्न पनि सजिलो भएकाले यसले बाहिरी लुगामा रगत पर्न दिँदैन, तर थाहा नपाई बाहिरी लुगामा रगत लागिसकेको अवस्थामा ज्याकेट, स्वेटर, जर्सी आदिले बाहिरबाट छोप्न सकिन्छ ।
यस्तो अवस्थामा साथीहरूको सहयोगमा तत्काल घर जानुको विकल्प रहँदैन । पीडाका लागि विभिन्न औषधि (सिटामोल, मेफटल आदि) सेवन गर्न सकिन्छ ।
डा. साह मोरङ सहकारी अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुनुहुन्छ ।