भाद्र ७, २०७२
रानी मुखर्जी आमा बन्ने बाटोमा अग्रसर भएकी छिन् । एक लोकप्रिय भारतीय सञ्चारमाध्यमले उनी हाल गर्भवती भएको पुष्टि भएको बताएको छ ।
हाल लन्डनमा रहेकी रानीलाई प्रि–नेटल मसाज लिइरहेको अवस्थामा देखिएकाले उनी अब चाँडै आमा बन्ने निश्चित भएको समाचारमा बताइएको छ । यद्यपि यस विषयमा रानी र उनको परिवारले कुनै प्रतिक्रिया दिएको छैन । गत वर्षको अप्रिलमा प्रोड्युसर आदित्य चोपडाका साथ उनको विवाह भएको थियो । प्रि नेटल मसाज गर्भवती महिलाले गराउँछन् । यसबाट स्ट्ेरस र मसल्समा हुने तनाव कम हुन्छ । गर्भवती महिलालाई यो मसाजले रिल्याक्सेसन हुने बताइन्छ ।