चलचित्र ‘धुन’ भोली शुक्रबारदेखि देशभर एकसाथ प्रदर्शन हुँदैछ । संगीतको धुनसँग जीवनको तुलना गरिएको यो चलचित्रको मूल विषय प्रेम हो ।
लामो समयदेखि विभिन्न चलचित्रमा मुख्य सहायक निर्देशक भै काम गरेको अनुभव बटुलेका कृष्ण पौडेलले पहिलोपटक निर्देशन गरेको चलचित्र ‘धुन’का कथाकार पनि निर्देशक पौडेल नै हुन् ।
चलचित्र ‘झोला’ निर्माण गरेर सफलताको स्वाद चाखिसकेकी निर्माता मालती शाहले निर्माण गरको यो तेस्रो चलचित्र हो । शाहले नायिका रेखा थापालाई लिएर चलचित्र ‘लंका’ पनि तयार पारेकी थिइन् । दुई नायक र दुई नायिका रहेको यो चलचित्रलाई संगीतमय चलचित्र पनि भनिएको छ । पोखराका रमणीय दृश्यहरूको पृष्ठभूमिका खिचिएको यो चलचित्रमा यसअघि चलचित्र ‘नोटबुक’बाट ‘गाला रातै जोडी’ का रूपमा चर्चा पाएको जीवन लुइँटेल तथा निता ढुंगानाबीचको केमेस्ट्री फेरी एकपटक पर्दामा हेर्न पाइनेछ ।
निर्देशक : कृष्ण पौडेल
कलाकार : जीवन लुइँटेल, नीता ढुंगाना, मुकेश ढकाल, उमा बेबी आदि ।
संगीत : लक्की सिटौला