साप्ताहिक संवाददाता
बलिउड स्टार अमिर खानका भाञ्जा इमरान खान धेरै सफल तथा दर्शकले रुचाएका चलचित्रमा नायकका रूपमा प्रस्तुत भैसकेका छन्, तर उनी अहिलेसम्म बलिउडमा सफल नायक भने मानिएका छैनन् । इमरानका चलचित्रले सफलता र चर्चा पाए, तर प्रतिभा भएर पनि इमरान आफैं भने खासै जम्न सकेनन् । प्रतिभाशाली मानिए पनि कंगना रणावतले पनि सफलताको स्वाद चाख्न धेरै समय कुर्नु पर्यो । फेसन, ग्याङस्टर, वो लम्हे, लाइफ इन अ मेट्रो जस्ता चलचित्रमार्फत अभिनयको छाप छाड्न सके पनि कंगनाले बलिउडमा अन्य स्टारसरह दर्जा पाउन सकेकी थिइनन् । अहिले आएर भने कंगनाले क्विन, तन्नु बेड्स् मनु, तन्नु वेड्स मनु रिटन्र्स जस्ता चलचित्रबाट बलिउडका कहलिएका अभिनेत्रीहरूलाई टक्कर दिइरहेकी छिन् । चलचित्र सफल भएर पनि व्यक्तिगत रूपमा असफलताको स्वाद चाखिरहेका यी दुई प्रतिभाशाली कलाकारको चलचित्र ‘कट्टीबट्टी’ भोली शुक्रबार सार्वजनिक हुँदैछ ।
निर्देशक : निखिल आडवाणी
संगीत : शंकर, एहसान, लोय
कलाकार : इमरान खान, कंगना रणावत तथा मनस्वी ममगई ।