साप्ताहिक संवाददाता
आश्विन २५, २०७२
- लामो दूरीको यात्रा गर्नुअघि विशेष तयारी गर्नुपर्छ ।
- यात्रामा सजिलो पहिरन लगाउनुपर्छ । औपचारिक पहिरन, गरगहना लगाएर यात्रा गर्नु असुरक्षित मात्र होइन, असहज पनि हुन्छ ।
- धेरै झोला बोक्दा झन्झटिलो हुन्छ, त्यसैले सकेसम्म झोलाको संख्या घटाउनुपर्छ । औषधी एवं अत्यावश्यक सामग्रीको छुट्टै तर छरितो झोला आफैंसँग राख्न सकिन्छ ।
- यात्राका लागि आवश्यक पर्ने खर्च अनुमान गरेर बोक्नुपर्छ । धेरै पैसा बोकेर यात्रा गर्दा हराउने वा चोरिने सम्भावना हुन्छ ।
- लामो दूरीको यात्रा गर्नुअघि बाटोमा चाहिने खानेकुरा घरमै बनाएर बोक्नु राम्रो हुन्छ । बाटोमा किनेर खाइने खानेकुरा महँगा एवं अस्वस्थकर हुन सक्छन् । बिरामीले लामो दूरीको यात्रा नगरौं ।