साप्ताहिक संवाददाता
अभिनेत्री शिल्पा पोखरेलले दुईवटा चलचित्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेर दर्शकको मन जितिन् । पहिलो चलचित्र ‘लज्जा’ मा शिल्पाको प्रमुख भूमिका थियो भने दोस्रो चलचित्र ‘हवल्दार सुन्तली’ मा पनि उनी शीर्षक भूमिकामै प्रस्तुत भएकी थिइन् । छविराज ओझाका यी दुवै चलचित्रमा सशक्त अभिनय गरेकी शिल्पाले हालै वितरण गरिएका दुई महत्त्वपूर्ण एवार्ड समारोहमा भने निराश हुनु पर्यो । गोपीकृष्ण मुभिजको एनएफडिसी एवार्डमा डेब्यु नायिकाको विधामा मनोनीत भए पनि एवार्ड भने आश्मा डिसीले पाइन् ।
नेफ्टा एवार्डमै सर्वोत्कृष्ट अभिनेत्रीको विधामासमेत मनोनीत भए पनि उनलाई एवार्डको हकदार मानिएन । दुवै एवार्डमा हात खाली भए पनि शिल्पाले हिम्मत हारेकी छैनन् । दर्शकको मायालाई नै सर्वोत्कृष्ट एवार्ड मान्ने शिल्पाले दुई–चारवटा एवार्ड समारोहमा हात खाली हुँदैमा आफू निराश नहुने तर्क गरेकी छिन् । शिल्पाको तेस्रो चलचित्र ‘फागु’ प्रदर्शनको क्रममा छ भने चौथो चलचित्र ‘किस्मत–२’ छायांकनको क्रममा छ ।