साप्ताहिक संवाददाता
आश्विन २७, २०७२
- दसैंका लागि आवश्यक सामग्री यस्तो ठाउँमा खरिद गरौं, जुन घरपायक होस् ।
- चाडपर्वका बेला कतिपय सामग्रीको मूल्यमा ठगिने सम्भावना हुन्छ, त्यसैले सामान खरिद गर्दा त्यसको सही मूल्यसम्बन्धी ज्ञान पनि हुनुपर्छ ।
- सामान खरिद गर्दा त्यसको बजार मूल्य, उत्पादन मिति आदि ख्याल गर्नुपर्छ । गुणस्तरहीन र मिति गुज्रिसकेका सामग्री खरिद गर्नु हुँदैन ।
- धेरै पैसा बोकेर किनमेल गर्न जाँदा हराउने वा चोरिने डर हुन्छ । यस्तो अवस्थामा एटिएम कार्ड प्रयोग गर्नु बढी सुरक्षित हुन सक्छ ।
- आफूले खरिद गरेको सामग्रीको बिल लिन भुल्नु हुँदैन ।