साप्ताहिक संवाददाता
कार्तिक १, २०७२
- आफन्त वा नातागोताकहाँ पाहुना जाँदा शिष्टाचार पालना गर्नुपर्छ ।
- अरूको घरमा गएर जथाभावी खाने, होहल्ला गर्ने काम गर्नु हँुदैन । यसो गर्दा रोगी, बालबच्चा तथा वृद्धवृद्धालाई असर पर्न सक्छ ।
- आफ्नो मर्जी अनुसारको सेवा–सुविधा माग गर्नु हुँदैन । वस्तुस्थितिको मूल्यांकन गरेर सोहीअनुरूप व्यवहार गर्नु उपयुक्त हुन्छ ।
- अरूलाई होच्याउने वा हेंला गर्ने खालको बोली–व्यवहार राम्रो होइन ।
- खाना खाँदा शिष्ट शैली अपनाउनुपर्छ । हतारमा ठूलो–ठूलो गाँस खानु हुँदैन ।
- खानेकुरा छरेर एवं हात–मुखमा दलेर खानुलाई सभ्यता मानिँदैन ।
- खादा आवाज निकाल्नु, भाडा बजाउनु तथा कुराकानी गर्नु पनि ठीक होइन ।
- डाइनिङ टेबलमा हात, कुइनो आदि अड्याउनुलाई असभ्यता मानिन्छ ।