अमेरिकी वैज्ञानिकहरूले अहिलेसम्मकै सबैभन्दा ठूलो र सबैभन्दा बढी मेगापिक्सेल रेजुलुसन भएको विशाल क्यामेरा निर्माण गर्न लागेको बताएका छन् ।
अन्तरिक्षको अध्ययन गर्न अहिलेसम्मकै सबैभन्दा शक्तिशाली क्यामेराको निर्माण चिलीमा हुन लागेको हो । खगोल विज्ञानको अध्ययन गर्ने ‘लार्ज साइनोप्टिक सर्भे टेलिस्कोप’मा जडान हुने ३ दशमलव २ गिगापिक्सेलको यो क्यामेराबाट आकाशमा रातका तारा, रहस्यमय क्षुद्र ग्रह, आकाश गंगा तथा ब्ल्याकहोलका अर्बौं तस्बिर एवं दृश्य खिच्ने बताइएको छ ।
यो क्यामेराले खिचेको एउटै तस्बिर देखाउन १५ सयवटा हाई डिफिनिसन टिभी सेट आवश्यक पर्नेछ । ८ दशमलव ४ मिटर लामो तथा ३ टन तौलको यो क्यामेरा एउटा सानो कारको आकारको जत्रो र अहिलेसम्मकै सबैभन्दा ठूलो क्यामेरा हुनेछ ।
यो क्यामेराको मद्दतबाट हानिकारक ग्रह तथा बिस्फोट भैरहेका ताराहरूका सम्बन्धमा पनि अध्ययन गर्न सकिनेछ । यो क्यामेराको निर्माण गर्न अमेरिकाको ऊर्जा विभागअन्तर्गतको एसएलसी नेसलन एक्सलेरेटर ल्याबोरेटरीले स्वीकृति प्रदान गरेको छ । यो क्यामेरामा प्रकाशको विभिन्न गतिका तरङहरू अवलोकन गर्न फिल्टर चेजिङ प्रणाली एवं सेन्सरहरू जडान गरिएको छ । यो क्यामेराले सन् २०२२ देखि आफ्नो १० वर्षे मिसन सुरु गर्ने कुरा पनि समाचारमा जनाइएको छ ।