साप्ताहिक संवाददाता
कार्तिक १४, २०७२
प्राय: सधैं फागुपूर्णिमा अर्थात् होलीको अवसर पारेर गोदावरीस्थित आफ्नै निवासमा कलाकार तथा सञ्चारकर्मीलाई बोलाएर रमाइलो गरिरहेकी अभिनेत्री करिश्मा मानन्धरले यो वर्ष दसैंमै रमाइलो गरिन् ।
चलचित्र क्षेत्रका स्थापित कलाकारहरूलाई बोलाएर करिश्माले मीठा–मीठा परिकार आफैंले बनाएर ख्वाइन् । रमाइलो के रह्यो भने इन्धन अभावका कारण करिश्माले ती सबै परिकार दाउरामै पकाइन् । करिश्माले दसैं मनाउन सबैजसो नायिकालाई निम्त्याएकी थिइन् । आफ्नै चलचित्र ‘फागु’ का अधिकांश कलाकारको सहभागिता रहेको करिश्माको दसैं पार्टीमा केकी अधिकारीदेखि नन्दिता केसीसम्मका नायिकाले खानपिनसंगै तास खेलेर रमाइलो गरेका थिए ।