साप्ताहिक संवाददाता
मंसिर २५, २०७२
- जाडोमा न्यानोका लागि कोइला बालिन्छ । यद्यपि यसको प्रयोगमा पर्याप्त सावधानी अपनाउनुपर्छ ।
- कोइला बाल्नुअघि कोठाको झ्याल खुला राख्नुपर्छ ।
- हावा राम्रोसँग आउजाउ गर्न नसक्ने खालको कोठा वा घरमा कोइला बाल्नु हुँदैन ।
- सुत्ने खाटमुनि कोइला बालेर छाड्नु हुँदैन ।
- कोइला बालेको स्थानमा पेट्रोल, ग्याँस, मटीतेलजस्ता प्रज्वलनशील पदार्थ राख्नु हुँदैन ।
- कपडामा वा काठको घरमा आगो सल्कने भएकाले कोइला बाल्दा विशेष सावधानी अपनाउनुपर्छ ।