साप्ताहिक संवाददाता
मंसिर २८, २०७२
प्राविधिक कार्यको अन्तिम चरणमा रहेको चलचित्र ‘च्याम्पियन’ ले पहिलो गीत युट्युबमार्फत सार्वजनिक गरेको छ ।
बीबी फुयाँलद्वारा निर्देशित यो चलचित्रको ‘मन पराउँछु तिमीलाई...’ गीतमा अभिनेता दिक्पाल कार्की तथा अभिनेत्री अञ्जिता केसीले अभिनय गरेका छन् । टंक बुढाथोकीद्वारा संगीतबद्ध उक्त गीतमा टंक र मनीषा पोखरेलको पाश्र्व गायन छ ।
च्याम्पियन चलचित्रको ‘मन पराउँछु तिमीलाई...’