साप्ताहिक संवाददाता
जियोनी शब्द अहिले धेरै नेपालीको मुखमा पनि झुन्डिसकेको छ । यो नाम लिनासाथ धेरैले स्लिम अर्थात् पातलो स्मार्टफोन सम्झन्छन् । चाइनिज शब्द जियोनीको खास अर्थ अंग्रेजीमा ‘गोल्डेन क्वालिटी’ हुन्छ । संसारका धेरै देशमा छोटो समयमै प्रसिद्धि कमाएको जियोनी नेपाल भित्रिएको पनि एक वर्ष पुगेको छ । नेपालमै पनि एक वर्षको छोटो अवधिमै यो अन्य स्मार्टफोन निर्माता कम्पनीसँग प्रतिस्पर्धात्मक रूपमा अघि बढिरहेको छ ।
गत वर्षको मंसिर महिनामा नेपाल भित्रिएको एक वर्ष पुगेको अवसरमा जियोनीको नेपालका लागि आधिकारिक वितरक टेलिटकले विभिन्न अफर सार्वजनिक गरेको छ । जियोनीले अहिले लोकप्रिय स्मार्टफोन इलाईफ एस ७, एम ३, पी २ एस आदिमा विभिन्न प्रकारको छुट उपलब्ध गराएको छ । त्यसैगरी क्यारी ब्याग, ल्यापटप ब्याग आदि विभिन्न उपहारको समेत व्यवस्था गरेको छ ।
टेलिटकका एरिया सेल्स म्यानेजर उदय सेन जियोनीले नेपाल भित्रिएको एक वर्षको छोटो समयमै उल्लेखनीय उपलब्धि हासिल गरेको बताउँछन् । एक वर्षको छोटो अवधिमै नेपालमा प्रशस्तै स्मार्टफोन बिक्री गरेको सेनले बताए ।
जियोनीका स्मार्टफोन खासगरी पातला, बढी टिकाउ ब्याट्री र आफ्नो फरक पहिचान भएकाले धेरैले रुचाएको सेन बताउँछन् । संसारकै पातलो स्मार्टफोनका रूपमा पहिचान कायम गरेका इलाईफ एस सिरिजका स्मार्टफोन निर्माता जियोनी नै हो । त्यसैगरी ६ हजार एमएएच सम्मका टिकाउ ब्याट्री समेत जियोनीका एम सिरिजका स्मार्टफोनमा उपलब्ध छन् ।
जियोनीको स्थापना सन् २००२ मा भएको थियो । पहिले सामान्य तरिकाले अघि बढिरहेको यो कम्पनीले सन् २०१० देखि स्लिम स्मार्टफोन निर्माणमा आफ्नो ध्यान केन्द्रित गर्न थाल्यो । सन् २०१४ देखि यो संसारकै पातलो स्मार्टफोन निर्माता कम्पनीका रूपमा सुपरिचित हुन थाल्यो । कम्पनीले जियोनी इलाइफ एस ५ दशमलव ५ निर्माण गर्यो, जुन ५ दशमलव ५ इन्च पातलो थियो । कम्पनीले अलि पछि त्यसभन्दा पनि पातलो स्मार्टफोनका रूपमा जियोनी इलाईफ एस ५ दशमलव १ ल्यायो, जुन ५ दशमलव १ इन्च पातलो थियो ।
जियोनीका स्मार्टफोन
१. एस सिरिज
अर्थ : स्लिमेस्ट (पातलो स्मार्टफोनका रूपमा लोकप्रिय)
प्रचलित मोडल : एस ७
मूल्य : रु. ३२,०००।–
२. एम सिरिज
अर्थ : म्याराथुन (ब्याट्री ब्याकअपका लागि लोकप्रिय)
प्रचलित मोडल : एम ३ र एम ५
मूल्य : रु. १७,०००।– र २९,०००।–
३. पी सिरिज
अर्थ : पायोनियर (प्रतिस्पर्धी मूल्यका लागि लोकप्रिय)
मोडलहरू : पी–२ एस, पी–३ एस, पी–४ एस, पी–३, पी–६ आदि
मूल्य : रु. ६,०००।– देखि १४,०००।– सम्म
४. पछिल्लो समयमा लोकप्रिय
एफ–१०३
मूल्य : रु. १६,०००।–