साप्ताहिक संवाददाता
पुस १, २०७२
- जाडोमा प्राय: ऊनीका पहिरन चल्तीमा हुन्छन् । यसको प्रयोगमा केही सजगता अपनाउनुपर्छ ।
- ऊनीका पहिरनको ट्यागमा ड्राइक्लिन लेखिएको भए त्यसलाई घरमा धुनु हुँदैन ।
- ऊनीको पहिरन चिसो पानीले मात्र धुने ।
- कपडा सुकिसकेपछि सेतो मलमलको कपडामा बेरेर तह मिलाएर राख्नुपर्छ ।
- ऊनीको पहिरनलाई आइरन गर्नुपरे स्टिम आइरन गर्नुपर्छ ।