पुस ३, २०७२
पछिल्ला केही महिनामा परिणिती चोपडा फिट मात्र होइन, फेबुलस पनि भएकी छिन् । हालै उनले आफ्ना केही तस्बिर ट्विटरमा सेयर गरेकी छिन्, जुन तस्बिरले भद्दा हुँदै गएकी परिणिती हाल स्लिम भएको पुष्टि गर्छन् ।
सार्वजनिक तस्बिरमा उनी फिट मात्र नभै हट एन्ड सिजलिङ पनि देखिएकी छिन् । ‘४ वर्षअघि यो दुनियाँमा चिल्ली र चाइल्डिस युवती आएकी थिई, ४ वर्षपछि म जे हो, त्यो बन्न चाहन्छु,’ परिणिती भन्छिन्– ‘यो विशेष फोटोसुटको माध्यमबाट मैले मजबुत र कन्फिडेन्ट महसुस गरेकी छु । म अब अरूलाई च्यालेन्ज गर्न सक्छु ।’
परिणितीका अनुसार जो–कसैले वर्कआउटको माध्यमबाट आफूमा परिवर्तन ल्याउन सक्छ, आत्मविश्वास भर्न सक्छ । अहिलेको समयमा जो–कोही फिट र फेबुलस शारीरिक सौन्दर्य चाहने भएकाले त्यसका निम्ति शारीरिक अभ्यास नै एक मात्र उपाय भएको परिणितीको भनाइ छ ।