साप्ताहिक संवाददाता
सन्दीप क्षेत्री कुशल हास्य अभिनेता हुन् । स्ट्याण्ड–अप कमेडीका कारण उनले थुप्रै प्रशंसक कमाएका छन् । कान्तिपुर टेलिभिजनको ‘ह्वाट द फ्लप’ का कारण मात्र होइन, स्वदेश तथा विदेशका सांस्कृतिक कार्यक्रममार्फत पनि सन्दीपले दर्शकको मन जित्दै आएका छन् ।
यतिबेला ‘ह्वाट द फ्लप’ मा सन्दीप तराईवासीको चरित्र ‘मिठाईलाल जादव’ का रूपमा जम्दै गएका छन् । तराईवासीकै गेटअपमा प्रस्तुत हुँदै ‘बक्लोल’ उपनामबाट सन्दीपले दर्शकलाई रोमाञ्चक शैलीबाट मनोरञ्जन प्रदान गरिरहेका छन् ।
टेलिभिजन कार्यक्रममा त उनले दर्शकलाई हँसाएकै छन्, यतिबेला उनी युरोपको सांस्कृतिक टुरमा समेत संलग्न छन् । ह्वाट द फ्लपको पछिल्लो श्रृंखलामा सन्दीपले तराई आन्दोलनको नेतृत्व गरिरहेका नेता उपेन्द्र यादवको क्यारिकेचर गरेका छन् । यादवको हुबहु गेटअपमा देखिएका मिठाईलालले पत्रकारलाई दिएको अन्तर्वार्ता अहिले युट्युबमा भाइरल भैरहेको छ ।