साप्ताहिक संवाददाता
पुस ५, २०७२
बिहान चिसोमा मर्निङ वाक गर्नु त्यति उपयुक्त नहुन सक्छ । त्यसैले घरमै व्यायामको व्यवस्था गर्न सकिन्छ ।
ओछ्यानमै बसेर हात खुट्टा तन्काउने, जीउ तन्काउने जस्ता क्रिया गर्न सकिन्छ ।
मर्निङ वाकमा निस्कनुपरे न्याना पहिरन तथा टोपी लगाउनुपर्छ ।
व्यायामका लागि बिहानको समय नै उपयुक्त हुन्छ । यद्यपि खाना खाएको एक घन्टापछि वा अघि पनि व्यायाम गर्न सकिन्छ ।
व्यायामका लागि सन्तुलित खाना, राम्रो निन्द्रा र पर्याप्त आराम आवश्यक हुन्छ ।