साप्ताहिक संवाददाता
पुस ६, २०७२
चलचित्र ‘फन्को’ छायांकनमा जानुअघि अभिनेता सौगात मल्ललाई ड्राइभिङ गर्न आउँदैनथ्यो । यो चलचित्रमा सौगातले ट्याक्सी/जिप चालकको भूमिका निर्वाह गर्नुपरेपछि उनलाई पर्नु आपत् पर्यो ।
छोटो समयमै सौगातले ड्राइभिङ सिके । सिक्न त सिके, तर पोखरादेखि काठमाडौंसम्मको राजमार्गमा छायांकन भएको यो चलचित्रमा सौगातले चलाएको ट्याक्सी/जिपमा को चढ्ने ? अभिनेता अनुप बराल, दयाहाङ राई तथा अभिनेत्री प्रियंका कार्कीलाई पर्नु पीर पर्यो । ‘अरू त केही होइन, अनुप बराल सम्झन्छन्- ‘कुन बेला पहाडमा ठोक्काउने हो कि त्रिशूलीमा खसाउने हो, त्रासै–त्रासमा छायांकन पूरा गर्दा रोमाञ्चसँगै तनाव पनि भयो ।’ अभिनेत्री कार्कीले पनि सौगातको ड्राइभिङका प्रारम्भिक दिनमा आफूलाई निकै डर लागेको कुरा बताएकी छिन् ।
चलचित्र फन्कोको एक गीत