साप्ताहिक संवाददाता
पुस ७, २०७२
सकेसम्म राम्रो गुणस्तर एवं ब्रान्डको हिटर प्रयोग गर्नुपर्छ ।
सस्तो मूल्यका हिटर कमसल हुनुका साथै बढी विद्युत् खपत गर्ने किसिमका हुन सक्छन् ।
सम्भव भएसम्म कम विद्युत् खपत गर्ने हिटर नै प्रयोग गर्नुपर्छ ।
हिटर बालेको स्थानमा केटाकेटीलाई एक्लै छाड्नु हुँदैन ।
हिटरको धेरै नजिक बस्नु राम्रो होइन ।
हिटर ताप्दा छेवैमा सानो भाँडामा पानी पनि राख्नुपर्छ ।
बाहिर निस्कनुअघि हिटरको स्विच बन्द गर्न बिर्सनु हुँदैन ।