साप्ताहिक संवाददाता
पुस १९, २०७२
- अनावश्यक रुपमा विद्युतीय सामग्री प्रयोग नगरौं ।
- अनावश्यक बत्ती नबालौं । जस्तै : बाथरुम, करिडोर, लिभिङ रुम आदि स्थानमा बत्ती बालेर नछाडौं ।
- बढी विद्युत् खपत गर्ने बल्भको विकल्प खोजौं ।
- सम्भव भएसम्म अफ आवर (राति ११ बजेपछि र बिहान ५ बजेअघि) मै आइरन गर्ने, पानीको पम्प प्रयोग गर्ने जस्ता काम गरौं ।
- मोबाइल, चार्जर लाइट, इन्र्भटरजस्ता चार्ज गर्नुपर्ने उपकरणहरू पनि अफ आवरमै चार्ज गर्नु उपयुक्त हुन्छ ।