साप्ताहिक संवाददाता
कृषा चौलागाईं, चलचित्रकर्मी
- प्रेममा अरू कुनै चाहना अथवा आकांक्षा हुँदैन, केवल प्रेम मात्र हुन्छ ।
- प्रेममा परेपछि यसले सामान्य कुरालाई पनि असामान्य रूपमा हेर्न सक्ने बनाउँछ ।
- प्रेम त्यतिबेला मात्र सम्भव हुन्छ जब आफ्ना प्रेमी अथवा प्रेमिकाको खुसीलाई पनि महत्त्व दिइन्छ ।
- भन्नेहरू त प्रेम नि:स्वार्थ हुन्छ भन्छन् तर अहिलेको प्रेममा स्वार्थ पनि देखिन्छ । सम्भव भएसम्म नि:स्वार्थ प्रेम गर्ने प्रयास गर्नुपर्छ ।
- प्रेममात्र त्यस्तो एउटा सत्य हो जसमा हरेक कुरा जायज हुन्छ ।
- जीवनको सबैभन्दा मीठो भोगाइ पनि प्रेम नै हो ।
- प्रेम एउटा अनुभूति हो, जुन हरेक व्यक्तिले जीवनमा एकपटक भोगेकै हुन्छ ।
- प्रेमलाई दुई–चार शब्दमा अभिव्यक्त गर्न सकिँदैन, किनभने प्रेम भनेको महासागर हो । यसमा केवल डुब्न र पौडिन जान्नुपर्छ ।
- प्रेम त्यस्तो चिज हो जसले लुकेको आत्मालाई समेत बाहिर ल्याउन सहयोग पुर्याउँछ ।