साप्ताहिक संवाददाता
माघ १२, २०७२
- त्यस्तो क्षेत्रमा करियर बनाउनुपर्छ, जहाँ आफू रमाउन सकियोस् । अहिलेको व्यस्त र प्रतिस्पर्धात्मक जमानामा काममै ‘इन्जोय’ गर्न सकियोस् ।
- आफूमा दक्षता एवं सीपको विकास गरौं ।
- आफ्नो काम एवं पेसालाई सम्मान गरौं ।
- आफ्नो कामलाई सधैं उत्कृष्ट ढंगले गर्ने प्रयास गरौं ।
- बहाना बनाएर आफ्नो जिम्मेवारीबाट भाग्ने तथा ढाँट्ने प्रवृत्ति करियर निर्माणमा बाधक हुन्छ ।
- हरेक कुरा सिक्ने र त्यसलाई नयाँ ढंगबाट गर्ने अभ्यास गरौं ।