साप्ताहिक संवाददाता
माघ २१, २०७२
अन्तरजातीय प्रेम कथामा आधारित चलचित्र ‘कसैलाई नभन्नु’ भोली शुक्रबारदेखि सार्वजनिक प्रदर्शन हुँदैछ ।
सर्जु लामिछाने र शिवहरि रेग्मीले निर्माण गरेको यो चलचित्रलाई ‘इन्टरकास्ट म्युजिक लभस्टोरी’ भनिएको छ । यो चलचित्रमा नयाँ अनुहारहरूको बाहुल्यता छ । चलचित्रमा राखिएको आइटम गीत ‘चम्पाकली’मा मोडल निहारिकाले आकर्षक नृत्य गरेकी छिन् ।
निर्देशक : मन्दिप राना
संगीत : रामचन्द्र श्रेष्ठ र भीम बिसी
कलाकार : किशोर केसी, आयुष्मा कार्की, देशभक्त खनाल, दिनेश शर्मा, पुष्कर भट्ट आदि ।
चलचित्र कसैलाई नभन्नुको ट्रेलर