साप्ताहिक संवाददाता
विवाह भएको एक महिनामै नायक श्रीकृष्ण श्रेष्ठको असामयिक निधनबाट शोकाकुल उनकी श्रीमती तथा नायिका श्वेता खड्का विस्तारै शोकलाई शक्तिमा बदल्न तयार भएकी छिन् ।
हालै दरबारमार्गस्थित राइजिङ मलमा रहेको बिइङ ह्युमेनको शोरुममा देखिएकी श्वेता व्यवसायमा भने फर्किसकेकी छिन् । उक्त मलमा उनले कफीसप सञ्चालनमा ल्याएकी छिन् भने निकट भविष्यमा काठमाडौंका विभिन्न स्थानमा कफी सपहरू सञ्चालनमा ल्याउँदैछिन् । त्यसका साथै बालुवाटारमा अत्याधुनिक व्यायाम क्लब पनि निर्माण गर्दैछिन् । शोकका कारण लामो समय घरमा बस्दा डिप्रेसनको शिकार हुन पुगेकी श्वेताले काममा व्यस्त हुँदा आफूले केही सहज महसुस गर्न थालेको बताइन् ।
चलचित्रमा फर्कने कुरामा भने श्वेताले भनिन्– ‘अब एक बर्षपछि आफैं चलचित्र बनाउँछु र त्यही चलचित्रबाट म यो क्षेत्रमा फर्कन्छु ।’ श्वेतालाई पुनरागमनको शुभकामना ।