चैत्र १५, २०७२
काँक्रामा ९० प्रतिशत पानी हुन्छ । त्यसैले खानाका रूपमा काँक्राको सेवनले शरीरको तौल घटाउन उल्लेख्य सहयोग गर्छ ।
लौकामा फाइबरको मात्रा अत्यधिक हुन्छ । त्यसैले यसको सेवनले पनि तौल घटाउन सहयोग गर्छ ।
अल्सर वा पेटको समस्याबाट छुट्कारा पाउन र तौल घटाउन नरिवल पानीको सेवन पनि
महत्वपूर्ण हुन्छ ।
ग्रिन टीमा एन्टिअक्सिडेन्ट भरपुर मात्रामा पाइन्छ, त्यसैले तौल घटाउन ग्रिन टीको नियमित सेवन लाभदायक मानिन्छ ।
सफा पानीले शरीरको क्यालोरी बर्न गर्न र मोटोपन घटाउन सहयोग गर्छ ।