साप्ताहिक संवाददाता
यदि स्मार्टफोनलाई अलि धेरै बेर चार्जमै छोडियो भने फोन तात्छ । सामान्यत: स्मार्टफोनमा यस्तो समस्या हुनु हुँदैन । पुरानो स्मार्टफोनमा यस्तो समस्या हुनसक्छ । कहिलेकाहीँ बढी डाटा प्रोसेसिंगका कारण पनि फोन तात्न सक्छ ।
स्मार्टफोनको जिपिएस लामो समयसम्म अन गर्दा वा ब्लुटुथ स्पिकर अन भैरहँदा पनि फोन तात्ने समस्या हुन्छ । धेरै गेमिङका साथै हाइ रिजोलुसन भएको फोटो लिँदा पनि स्मार्टफोन तात्ने समस्या देखा पर्छ । मालवेयर वा भाइरसका कारण स्मार्टफोन तात्नु नयाँ कुरा होइन । यस्ता भाइरसले आफ्नो फोनमै डाटा सर्भिस प्रयोग गर्छन् किनभने यी भाइरसलाई फोनको डाटाका बारेमा जानकारी चाहिन्छ । त्यसैले फोनमा रहेको इस्टलेसन फ्रम अन सोर्सेस भन्ने अप्सनलाई अफ गरिदिनुपर्छ । यदि फोन तातेको छ र त्यो खोलभित्र छ भने त्यसलाई केही बेरका लागि खोलबाट झिक्नुपर्छ । स्मार्टफोनको ब्याट्री तथा चार्जिङ केबल समय–समयमा जाँचिरहनुपर्छ । पुरानो स्मार्टफोनको ब्याट्रीमा विशेष ध्यान दिनुपर्छ र त्यसलाई राम्रोसँग चार्ज गरेर मात्र चलाउनुपर्छ ।
हामीले वाइफाइमा भैरहेको डाटाको प्रयोगमा त्यति ध्यान पुर्याउँदैनौं दिएका हुँदैनौँ । लामो समयसम्म वाइफाइ चलाउँदा पनि स्मार्टफोन तात्न सक्छ । ब्याकग्राउन्डमा चलिरहेका एपका कारण फोनको प्रोसेसरले बढि काम गर्नुपर्दा यसको तापक्रम बढ्छ । आफ्नो स्मार्टफोन नयाँ हो र त्यसमा तात्ने समस्या छ भने सतर्क हुनुपर्छ । नयाँ फोनमा यस्तो समस्या हुनु हुँदैन, तर धेरै लामो समयसम्म प्रयोग गर्दा वा लामो समयसम्म चार्ज गर्दा भने फोन तात्नु सामान्य हो ।