वैशाख २८, २०७३
टेलिभिजन अभिनेत्री प्रत्युषा बनर्जीले सानो उमेरमै आत्महत्या गरेको विषयलाई चलचित्रका रूपमा प्रस्तुत गरिने भएको छ ।
चर्चित टेलिश्रृंखला ‘बालिका बधु’ बाट पहिचान बनाएकी प्रत्युषाको रहस्यमय आत्महत्याले ग्लामर इन्डस्ट्रीलाई नै चकित बनाइरहेका बेला उनमा आधारित चलचित्र बन्ने घोषणा भएको हो । एक अंग्रेजी वेबसाइटमा प्रकाशित समाचार अनुसार प्रत्युषाले सानो उमेरमै किन यो संसारलाई अलबिदा गरिन् भन्ने कुरा उक्त चलचित्रमा मार्मिक ढंगले देखाइनेछ । यो चलचित्रमा दक्षिण भारतीय चलचित्रकी नायिका तनिषा सिंह प्रत्युषाको भूमिकामा देखिनेछिन् भने ब्वाइफ्रेन्ड राहुलको भूमिकामा श्रवन राघव हुनेछन् । यो चलचित्रलाई मुकेश नारायणले निर्देशन गर्नेछन् ।