नेदरल्यान्डको एम्स्टर्डममा आगामी बिहीबार र शुक्रबार सम्पन्न हुने द नेक्स्ट वेब (टीएनडब्ल्यू) कन्फ्रेन्समा सहभागिताका लागि नेपाली एप्स पिकोभिको पनि छानिएको छ ।
विश्वका २ सय टेक कम्पनीहरुले आफ्नो विचार प्रस्तुत गर्ने उक्त कन्फ्रेन्समा यो क्षेत्रका बिज्ञहरुको सहभागिता रहने छ । भविष्यको प्रविधि वारेमा यसमा धेरै जानकारी पाइन्छ । कन्फ्रेन्स हुनु अघि सहभागी २ सय कम्पनीहरुले आफ्नो उत्पादनका वारेमा ३ मिनेट पिचिङ गर्ने छन् । ती मध्येबाट ४० कम्पनी अन्तिम सहभागिताका लागि छनोट हुने छन् ।
पिकोभिकोका अमित अग्रवाल, ध्रुव अधिकारी र सोनल अग्रवाल कन्फ्रेन्समा सहभागी हुदै छन् । फोटोहरुलाई भिडियोमा छिटो र छरितोसग बदल्ने एप्स हो पिकोभिको । हामीले चाहेको थिम, संगीत र शब्द राखेर फोटोहरुलाई भिडियोमा बदल्नका लागि यसको प्रयोग गरिन्छ । यसबाट बनाएका भिडियोलाई विभिन्न सामाजिक सञ्जालहरुमा सेयर गर्न पनि सकिन्छ ।