साप्ताहिक संवाददाता
जेष्ठ २९, २०७३
घरमा प्रयोग गरिरहेको आइरन पुरानो भएर त्यसमा खिया जम्न सक्छ । यसलाई सफा गर्ने केही घरेलु विधि छन् ।
कागज वा सुख्खा सुती कपडालाई फैलाएर राख्ने ।
उक्त कपडामाथि नुन राख्ने ।
त्यसपछि आइरनलाई उच्च तापक्रममा सेट गरी स्टिम पूर्ण रूपले बन्द गर्ने ।
आइरन तात्तिएपछि नुन फैलाइएको कपडामा आइरन दबाउनुपर्छ ।
आइरनलाई भेनेगर र नुनको मिश्रणले पनि सफा गर्न सकिन्छ ।