साप्ताहिक संवाददाता
असार २, २०७३
सुन यदि २४ क्यारेटभन्दा कम छ भने त्यो नक्कली हो । त्यसैले सुन खरिद गर्नुअघि त्यसलाई प्रमाणित ज्वेलरीमा गएर जाँच गराउनुपर्छ ।
सुन असली कि नक्कली भनेर पहिचान गर्न त्यसको चिह्न हेर्नुपर्छ, जुन असली सुनमा हुन्छ ।
यद्यपि लामो समय प्रयोग गरिएको सुनको चिह्न मेटिएको हुन सक्छ ।
कतिपय अवस्थामा नक्कली सुनमा पनि चिह्न राखिएको हुन्छ, त्यसैले परीक्षण गराउनैपर्छ ।
सुन खरिद गरिसकेपछि त्यसलाई दाँतले टोक्नुपर्छ, यदि सुन असली हो भने त्यसमा दाँतको चिह्न देखन्छ ।
राम्रो चुम्बकको माध्यमबाट पनि सुनको गुणस्तर जाँच गर्न सकिन्छ । सुन चुम्बकीय धातु होइन, त्यसैले चुम्बकमा टाँसिने सुन सक्कली होइन ।