साप्ताहिक संवाददाता
असार ५, २०७३
कुनै पनि कुरालाई स्पष्ट र तथ्यपूर्ण ढंगले प्रस्तुत गर्नु पनि एउटा कला हो ।
समूहमा उभिएर बोल्दा डर एवं लाज लाग्न सक्छ । यस्तो अवस्थामा घरमै बोल्ने अभ्यास गर्न सकिन्छ ।
ऐनाको अघिल्तिर उभिएर कुनै पनि विषयमा बोल्ने अभ्यास गरी आफूलाई निखार्न सकिन्छ ।
यसरी बोल्दा विषयवस्तुमा मात्र होइन, आफ्नो बडील्याङ्वेजमा पनि ध्यान पुर्याउनुपर्छ ।
वक्तृत्व क्षमता विकासका लागि शब्द भण्डार एवं विषयवस्तुप्रति गहिरो ज्ञान आवश्यक छ ।
श्रोताहरूको मनोविज्ञानअनुरूप आफूलाई प्रस्तुत गर्न सक्नुपर्छ ।