साप्ताहिक संवाददाता
बीपी कोइरालाको प्रख्यात उपान्यासमा आधारित चलचित्र ‘तीन घुम्ती’ आज शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदैछ ।
गत वर्ष नै दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइरालासहितलाई विशेष प्रिमियरमा देखाइसकिएको चलचित्र ‘तीन घुम्ती’मा नारीका तीन रूप प्रेमिका, पत्नी र आमाको चित्रण गरिएको छ ।
गरिमा पन्त उक्त केन्द्रीय भूमिकामा छिन् । यसअघि चलचित्र ‘झोला’बाट प्रशंसा कमाइसकेकी गरिमाले यो चलचित्रको केन्द्रीय भूमिकाबाट पनि प्रशंसा बटुल्ने अपेक्षा गरिएको छ । यो चलचित्रमा एउटी नारीले बाबु–आमाको इच्छाविपरीत प्रेम, पतिको अनुपस्थितिमा परपुरुषसँग यौनतृप्ति लिने र ऊबाट सन्तान प्राप्त गर्ने तथा पतिबाट अस्वीकृत भएपछि सन्तान लिएर अलग बस्ने निर्णय गरिएको विषय समेटिएको छ । वि.सं. २००७ मा राणाशाशकहरूका विरुद्ध भएको आन्दोलनको पेरिफेरीमा लेखिएको बीपीको उपन्यास ‘तीन घुम्ती’ कै परिवेश चलचित्र ‘तीन घुम्ती’मा पनि देखाउने प्रयास गरिएको छ । राकेश अकुडियाले निर्माण गरेको चलचित्र ‘तीन घुम्ती’का पटकथाकार सामिप्य तिमिल्सिना हुन् ।
निर्देशक : बाबुराम ढकाल
संगीत : वसन्त सापकोटा
कलाकार : गरिमा पन्त, ध्रुव दत्त, सुशान्त कार्की आदि ।
चलचित्र तीन घुम्तीको ट्रेलर