साप्ताहिक संवाददाता
असार २२, २०७३
फ्रिजमा चार/पाँचवटा कोइला राखौं । यसले फ्रिजबाट निस्कने हानिकारक ग्यास कार्वनडाइ अक्साइडलाई अवशोषित गर्छ र खानेकुरालाई विषाक्त हुनबाट जोगाउँछ ।
काँचो नरिबल फोर्नुअघि त्यसलाई दुई मिनेटजति आगोमा तताउने अनि त्यसपछि तुरुन्तै चिसो पानीमा डुबाउने ।
नयाँ भाँडावर्तनमा टाँसिएको स्टिकर उप्काउन सुरुमा त्यसलाई केही क्षण आगोमा तताउनुपर्छ । त्यसपछि चक्कुको सहयोगले उक्त स्टिकर उप्काउन सकिन्छ ।
पुरी बनाउन आँटा मुछ्ने बेला एक चिया चम्चा सख्खर मिसाउनुपर्छ । सख्खरले पुरी नरम बनाउँछ ।
लसुनको केस्रा सजिलैसँग छोडाउन उक्त केस्रालाई केही समय पानीमा भिजाउनुपर्छ ।