साप्ताहिक संवाददाता
असार २७, २०७३
गत साता भेटिएकी एक नायिकाले अनौपचारिक रूपमा भनिन्– ‘मलाई पूजा शर्मासँग डाहा लाग्छ ।’ चारवटा चलचित्रमा नायिका भए पनि उति चर्चामा आउन नसकेकी पूजा शर्मालाई यो वर्ष चलचित्र ‘प्रेमगीत’ले एकाएक चर्चित बनायो ।
पूजासँग डाहा गर्नुपर्ने कारण बुझ्न खोज्दा उनले भनिन्– ‘उनले करियर अघि बढाउन कसैको साथ त पाएकी छिन् । हामीलाई त कसैको साथ पनि छैन । कसैको साथ बिना कसरी अघि बढ्नु ?’ ती नायिकाको संकेत निर्देशक सुदर्शन थापा तथा निर्माता सन्तोष सेनको साथ पाएकीले पुजा अघि बढ्न सकेको तर्फ थियो ।
ती नायिकाको तर्क पनि सही नै थियो, हुन पनि सुदर्शन र त्यसपछि सन्तोषको साथका कारण पूजा अहिले स्थापित नायिकाको सूचीमा छिन् । लौ है, पूजा स्थापित हुन नपाउँदै डाहा गर्नेहरू बढिसके । नजर लाग्ला, कालो टीका लगाएर हिँड्ने कि ?