साप्ताहिक संवाददाता
श्रावण ९, २०७३
हिमालय टेलिभिजनबाट नृत्यमा आधारित रियालिटी शो ‘आई क्यान डान्स’ प्रसारण हुने भएको छ । आस्था आर्ट एकेडेमी तथा हिमालय टेलिभिजनबीच यसै साता भएको सम्झौताअनुसार यो कार्यक्रम प्रत्येक शनिबार राति ८ बजे प्रसारणमा आउनेछ । आधा घण्टा लामो यो कार्यक्रम ६ महिनासम्म प्रसारण हुनेछ । कार्यक्रमको पहिलो श्रृंखलाका लागि यही साउन २२ गते आस्था कला केन्द्रमा पहिलो चरणको अडिसन सम्पन्न हुनेछ । यो प्रतियोगिताका लागि निर्णायकहरूको छनोट जारी रहेको केन्द्रले जनाएको छ ।