साप्ताहिक संवाददाता
श्रावण २०, २०७३
ग्याजेटहरू वाटरप्रुफ तथा वाटर रेजिस्टेन्ट हुन सक्छन् । केही मात्रामा पानीको थोपा पर्दा केही असर नपर्ने ग्याजेटलाई वाटर रेजिस्टेन्ट भनिन्छ । १ मिटरभन्दा कम गहिराइको पानीमा डुबाउँदा वा केही सेकेन्ड मात्र पानीमा डुबाउँदा यस्ता ग्याजेटमा पानीको कुनै असर हुँदैन । यी ग्याजेटमा पातलो नानो कोटिङ प्रयोग गरिएको हुन्छ ।
पानीको मात्रा पूर्ण रूपमा थेग्न सक्ने प्रविधिलाई वाटरप्रुफ भनिन्छ । वाटरप्रुफ प्रविधिको प्रयोग बढ्न थालेको धेरै भएको छैन । सन् २०१४ तथा २०१५ को कन्जुमर इलेक्ट्रोनिक्स शोमा केही कम्पनीले यस्ता ग्याजेट पहिलो पटक सार्वजनिक गरेका थिए । ती कम्पनीले यसका लागि केशको रौंभन्दा हजारौं गुणा पातलो नानो कोटिङ प्रयोग गरेका थिए । नानो कोटिङले ग्याजेटमा पानीको चाप जतिसुकै धेरै परे पनि भित्र पानी छिर्न दिँदैन ।