साप्ताहिक संवाददाता
झण्डै आधा दर्जन चलचित्रमा नायिका भैसकेकी जेनिशा केसीका कुनै पनि चलचित्रले उनलाई स्थापित गराउन सकेनन् । आज शुक्रबार जेनिशाद्वारा अभिनित अर्को चलचित्र ‘एक पल’ प्रदर्शनमा आउँँदैछ ।
यो चलचित्रले जेनिशाको करियरलाई उँधो वा उँभो, कता लान्छ ? उनी आफैं पनि अलमलमा छिन् । यो चलचित्रमा आकाश शाह पनि छन् । आकाशले नेपाली चलचित्र ‘बडीगार्ड’मार्फत डेब्यु गरेका हुन् ।
अभिनय तथा एक्सनको संगम भएर पनि आकाश पनि नेपाली चलचित्रमा जम्न सकेनन् । यसबाहेक चलचित्र ‘एक पल’बाट नायक राम महर्जन पनि नायकका रूपमा उदाउँदैछन् । चलचित्र ‘एक पल’को प्रोमोसनल भिडियोमा उनी नै छाएका छन् । नछाउन पनि कसरी ? किनभने उनी आफैं यो चलचित्रका निर्माता पनि हुन् । रह्यो चलचित्रको विषयको कुरा, यो चलचित्रमा दक्षिण भारतीय शैलीको एक्सन, भोजपुरी शैलीको आइटम डान्स तथा बलिउड शैलीको लभ सिक्वेन्स हेर्न पाइन्छ ।
मसालेदार यो चलचित्रले दर्शकको मन कत्तिको जित्ला ? चाँडै नै थाहा भैहाल्नेछ । चलचित्र एकपललाई कृष्ण श्रेष्ठले खिचेका हुन् जसमा कविराज गहतराजको नृत्य, अष्ट महर्जनको द्वन्द्व तथा निर्देशक राज शाक्यकै सम्पादन छ ।
निर्देशक : राज शाक्य
संगीत : महेश खड्का
कलाकार : राम महर्जन, जेनिशा केसी तथा आकाश शाह ।
एक पलको ट्रेलर