झापाको दमकमा गत शुक्रबार लिटल प्रिन्स एन्ड प्रिन्सेस नेपाल सम्पन्न भएको छ । महिना दिनअघि सुरु भएको यो प्रतियोगिताको जुनियर तथा सिनियर गरी दुई समूहमा सञ्चालित प्रतिस्पर्धामा श्रेया पोखरेल र विवेक घिमिरे सिनियरतर्फ विजेता भएभने स्मारिका कोइराला र सुमेस खनालले जुनियरतर्फको उपाधि उचाले ।
प्रतिस्पर्धामा प्रिन्स जुनियरतर्फ फस्ट रनर्सअप मौसम सापकोटा, सेकेन्ड रनर्सअप प्रनिस लुइँटेल तथा थर्ड रनर्सअप इथुहाङ सुब्बा घोषित भए । त्यस्तै जुनियर प्रिन्सेसमा फस्ट रनर्सअप अनिमा राई, सेकेन्ड रनर्सअप रेसुदा भट्टराई तथा थर्ड रनर्सअप विनिशा दुलाल घोषित भए भने सिनियर लिटल प्रिन्सतर्फ फस्ट रनर्सअप मानव राई, सेकेन्ड रनर्सअप संस्कार सुवेदी तथा थर्ड रनर्सअप आर्यन थापा घोषित भए । सिनियर लिटल प्रिन्सेसतर्फ क्रिष्टल योङहाङ फस्ट रनर्सअप, विनु श्रेष्ठ सेकेन्ड रनर्सअप तथा एन्जिला बस्नेत थर्ड रनर्सअप बन्न सफल भएको यो प्रतिस्पर्धामा अनुभवी श्रेष्ठले भ्युअर च्वाइसको उपाधि चुमेकी थिइन् ।
बालबालिकाहरूमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले ग्ल्यामरस नेपालको आयोजनामा सम्पन्न यो प्रतियोगितामा दमकका विभिन्न विद्यालयका ८५ जना बालबालिकाको सहभागिता थियो ।