साप्ताहिक संवाददाता
तराईमा हुने राजनैतिक अपराध तथा गुण्डागर्दीमा आधारित थुप्रै नेपाली चलचित्र तयार पारिएका छन् । नायक निखिल उप्रेतीले आफ्नो ‘कमब्याक’ का रूपमा आफ्नै निर्देशनमा तयार पारेको यस्तै चलचित्र ‘भैरव’ ले गत बर्ष सफलताको स्वाद चाख्यो ।
नेपाली चलचित्रमा एक्सन नायकका रूपमा व्यस्त रहेर पनि पछिल्ला केही वर्षयता भोजपुरी चलचित्रमा सक्रिय विराज भट्टको ‘कमब्याक’ चलचित्र ‘जय पर्शुराम’ले पनि लगभग त्यस्तै कथा बोकेको छ । ठूलो क्यानभासमा तराईको अपराधिक गतिविधि शून्य गर्ने ठेक्का लिएका एक प्रहरी अधिकृतको कथा पनि यसअघिको ‘भैरव’मा दर्शकले हेरिसकेका छन् । अपराध गरेर निमुखा जनतामाथि राज गरिरहेका खुंखार खलनायक र उसको वैभवलाई नाश गर्न खटिएका ती प्रहरी अधिकृतको लडाइँ नै जय पर्शुरामको मूलकथा हो ।
चलचित्र निर्माताका रूपमा चिनिएका रोज राणा आफैंले निर्देशन गरेको यो चलचित्रमा विराज भट्टलाई दोहोरो भूमिकामा प्रस्तुत गरिएको छ । यो चलचित्रमा एनबी महर्जनको द्वन्द्व, रामेश्वर कार्कीको छायांकन तथा सुवास देवकोटाको छायांकन छ ।
निर्देशक : रोज राणा संगीत : महेश खड्का
कलाकार : विराज भट्ट, निशा अधिकारी, रबिन तामाङ आदि ।
जय पर्शुराम चलचित्रको ट्रेलर