साप्ताहिक संवाददाता
चपली हाइटबाट चर्चामा आएका हुन्, निर्देशक दीपेन्द्र के खनाल । त्यसपछि गत वर्ष ‘पशुपतिप्रसाद’ सम्म आइपुग्दा निर्देशक खनाललाई दिग्गज निर्देशक मान्न थालिएको छ । आफ्नो सुपरहिट चलचित्र चपली हाइटको सिक्वेल ‘चपली हाइट टु’ मा भने निर्माता अर्जुनकुमारबाहेक अघिल्लो चलचित्रका कोही पनि दोहोरिएका छैनन् । मनको डर र आत्मालाई चलचित्रको मुख्य विषय बनाइएको छ । बैंकर रविना देशराज श्रेष्ठका छोरा आयुष्मान देशराज श्रेष्ठ जोशी चलचित्र ‘चपली हाइट टु’ का मुख्य पात्र हुन् । यो चलचित्र उनकै वरपर घट्ने घटनामा घुम्छ । यसमा श्रेष्ठले दुई नायिका परमिता राज्यलक्ष्मी राणा तथा मरिस्का पोखरेलसँग रोमान्स गरेका छन् । चपली हाइट–टुमा निरज कँडेलको छायांकन, दीर्घ खड्काको सम्पादन, सूर्य थोकरको एक्सन तथा कविराज गहतराजको नृत्य निर्देशन छ ।
निर्देशक : दीपेन्द्र के. खनाल संगीत : अर्जुनकुमार कलाकार : आयुष्मान जोशी, मरिस्का पोखरेल, परमिता राज्यलक्ष्मी राणा आदि ।
चपली हाइट टु’ को अफिसियल ट्रेलर