भाद्र ८, २०७३
रियो ओलम्पिक सुरु हुनुभन्दा ठीक अघि मात्र ब्राजिलमा पोकेमन जारी भएको थियो । त्यसैले ब्राजिलमा जति चर्चा ओलम्पिकको भयो, उत्तिकै चर्चा पोकेमनको पनि भयो । क्लारोले ब्राजिलमा यसलाई जारी गरेको थियो र साता दिनमै पोकेमन डाउनलोड गर्नेहरूको संख्या २० लाख पुग्यो ।
यसरी पोकेमन डाउनलोड गरेर खेल्नेमा जापानी खेलाडी कोही उचिमुरा पनि रहे । जिम्नयास्टिकमा दुई स्वर्ण जितेका उचिमोरा पोकमन गोमा कति झुम्मिए भने अन्तर्राष्ट्रिय कलको सुविधा भएको उनको मोबाइलमा ५ हजार डलर बिल उठ्यो । अझ रमाइलो त के भने पोकेमनको खोजीमा धेरै मानिस एकै स्थानमा जम्मा हुन थालेपछि रियोमा देखिएको लुटपाटका घटनासमेत कम भए ।