साप्ताहिक संवाददाता
भाद्र १२, २०७३
सामसुङले आफ्नो नोट सिरिजअन्तर्गत नोट सेभेनलाई सार्वजनिक गर्दैछ । आइरिस स्क्यान प्रविधि युक्त यो सेटमा रहेको एपले प्रयोगकर्ताको आँखा पहिचान गरेर मोबाइल सेटलाई लक गर्छ । मोबाइल प्रविधिमा यो एप्लिकेसन प्रयोग भएको यो पहिलो सेट हो ।
कर्भ स्क्रिन युक्त यो सेटलाई प्रयोगकर्ताले एकै हातले चलाउन मिल्ने किसिमले बनाइएको छ भने यसको स्क्रिन साइज ५ दशमलव ७ इन्च छ । रियो ओलम्पिकका लागि सीमित सेट बजारमा उतारिएको नोट ७ अन्तर्राष्ट्रिय बजारमा भने भदौ ३ गतेपछि उपलब्ध हुन