साप्ताहिक संवाददाता
बिनिता बराल, नायिका
बधाई दिनुपर्ने अवस्था आएको हो ?
हजुर, हो । मलाई बधाई दिन सक्नुहुन्छ ।
विवाहको मिति नै तय गरिसकेको हो र ?
मिति नै त तय भएको छैन, तर हामीले विवाह गर्ने निर्णय गरिसकेका छौं ।
कहिलेसम्ममा गर्ने कार्यक्रम छ ?
अर्को वर्षको जुलाईमा विवाह गर्ने प्लान गर्दै छौं । दुबईमा विवाह गर्नेसम्मको योजना बनेको छ ।
फेसबुकमा त विवाहकै बधाई आइरहेको छ त ?
त्यही त....विवाह नै नभै कत्ति धेरै बधाई आइरहेका छन् ।
इन्गेजमेन्ट गरिसकेको हो ?
त्यो पनि बाँकी छ, अहिले हामी ‘रिलेसनसिप’ मा हो । अब बिस्तारै इन्गेजमेन्ट गर्ने ।
अनि पार्टी ?
पार्टी दिन त नेपाल नै आउने हो नि ।
तिलक पौडेलजीसँग भेट भएको कति भयो ?
धेरै भएको छैन । दुई महिना मात्र भयो । कुराकानीपछि बल्ल रिलेसन अघि बढेको हो ।
पौडेलजी अमेरिकामा के गर्दै हुनुहुन्छ ?
नेपालमा उहाँको घर स्याङ्जा हो । अहिले ओहायोको युनिभर्सिटी अफ तोलेडोमा फिजिक्समा पिएचडी गर्दै हुनुहुन्छ । स्पेसलाइजेसन चाहिं इनर्जीमा हो । अहिले उहाँ चौथो वर्षको विद्यार्थी हुनुहुन्छ ।