साप्ताहिक संवाददाता
‘होस्टल रिटर्नस्’ मा रामेश्वर यादवको चरित्र निर्वाह गरेर चर्चामा आएका कलाकार नाजिर हुसेन आज शुक्रबार सार्वजनिक हुने चलचित्र ‘गाँठो’ को केन्द्रीय भूमिकामा देखा पर्दैछन् । केही फरक शैलीको कथा र पात्रहरू प्रस्तुत गर्ने चलचित्र ‘गाँठो’ का निर्देशक सुरज भुसाल हुन् ।
सुरजले यसअघि ‘मौन’ तथा ‘होस्टल रिटर्नस्’ को निर्देशन गरिसकेका छन् । यी दुई चलचित्रबाट सुरजले निर्देशन विधामा प्रसस्त प्रशंसा कमाइसकेका छन् । चलचित्र गाँठोमा नयाँ अनुहार नम्रता श्रेष्ठ नायिका छिन् भने ‘होस्टल रिटर्नस्’ बाटै रजतपटमा देखा परेका अभय बराल पनि महत्वपूर्ण भूमिकामा छन् ।
एक चित्रकारमा कलाप्रतिको आशक्तिले ल्याउने मानसिक समस्यामा आधारित चलचित्र ‘गाँठो’ मा नाजिर हुसैन उक्त चित्रकारको भूमिकामा छन् । चलचित्र ‘गाँठो’ का निर्माता तिलकबहादुर क्षेत्री र सुरज भुसाल हुन् भने यसमा छायांकन नरेन्द्र मैनाली, सम्पादन निमेष श्रेष्ठ, कथा सुरज भुसाल, पटकथा/संवाद सुरज भुसाल तथा प्रतीक गुरुङको छ ।
निर्देशक : सुरज भुसाल
संगीत : अनुपम शर्मा
कलाकार : नाजिर हुसैन, अभय बराल तथा नम्रता श्रेष्ठ ।
चलचित्र गाँठो' को अफिसियल ट्रेलर