आश्विन ६, २०७३
मोरङको उर्लाबारी, सुनझोडामा जन्मिएकी मेचु धिमाल आफ्नो पहिलो गीत कदम–कदमबाट उत्साहित छिन् । धिमालले आफ्नै स्वरको गीतबाट म्युजिक भिडियोको अभिनयमा डेब्युसमेत गरेकी छिन् ।
मिलेको शरीर र मीठो मुस्कानले जो–कसैको ध्यानाकर्षण गराउने मेचु भन्छिन्, ‘आफ्नो गीतको भावलाई पर्दामा उतार्न सक्छु भनेर आफैंले अभिनय गरेकी हुँ । अभिनय मेरो अभिरुचि पनि हो ।’ मोडलिङ मेचुको सौख मात्र हो । उनले भनिन्— ‘मेरो विशेष रुचि गायन हो, यसैमा स्थापित हुन संघर्षरत छु ।’ हाल काठमाडौँमा बसेर सांगीतिक दुनियाँमा पाइला चालिरहेकी मेचु २०५१ सालमा जन्मिएकी हुन् ।
बाल्यकालदेखि नै नृत्यमा पोख्त मेचु कक्षा ९ मा पढ्दा विद्यालयस्तरीय गायन प्रतिस्पर्धामा दोस्रो स्थान हासिल गरेपछि यो क्षेत्रमा हौसिएकी हुन् । मेचु नेपाल तारा सिजन–३ मा टप २० सम्म पुगेकी थिइन् ।