साप्ताहिक संवाददाता
पप रकका किङ रबिन तामाङ तथा रोबिन एन्ड रिबोलुसन ब्यान्डका साथै स्थानीय आधा दर्जनभन्दा बढी ब्यान्डको प्रस्तुतिले सोमबार साँझ मोरङको लक्ष्मीमार्गमा सबैलाई ततायो ।
साँझ ४ बजे प्रारम्भ भएको उक्त कार्यक्रम मध्यरातसम्म जारी थियो । सुरुमा स्थानीय ब्यान्डले आफ्ना दर्जनौं प्रस्तुति दिएपछि राति ८ बजेतिर रबिन र उनको ब्यान्ड स्टेजमा उत्रियो । राजधानीबाहिर बिरलै हुने रविनको प्रस्तुति हेर्न मोरङ, झापा, सुनसरी आदि जिल्लाका युवाहरू उपस्थित थिए ।
लक्ष्मीमार्ग युवा समूहको अगुवाइमा युवाहरूलाई लक्षित गरी आयोजित ‘एल यक्स रक्स कन्सर्ट’ मा प्रवेश नि:शुल्क भएका कारण पनि हजारौं युवाको सहभागिता थियो । ‘वातवरणलाई स्वच्छ राखौं, सरसफाइमा ध्यान दिऊँ र स्वच्छ बनौं’ भन्ने नाराका साथ उक्त कार्यक्रम सम्पन्न गरिएको समूहका अध्यक्ष टाइसन मोक्तानले बताए ।
नरेन्द्र बस्नेत